४ वैशाख २०८१ मंगलबार
समाज

त्रिशूलीमा ट्रक खस्यो, दुई जनाको मृत्यु

 चितवन - चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको   मृत्यु भएको छ। शुक्रबार बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन। अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ। रासस

प्रकाशित: २० असार २०७६ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App