coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

व्यापार वार्ताका लागि अमेरिकी कर वृद्धि हट्नुपर्ने

बेइजिङ – व्यापार वार्ताका लागि चीनमाथि अमेरिकाले गरेको करवृद्धिको निर्णय हट्नुपर्ने चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ। ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले गत साता जापानको ओसाकामा भएको जी¬–ट्वान्टी समूह राष्ट्रको सम्मेलनका अवसरमा व्यापार वार्ताका लागि सहमति भएअनुसार विश्वका दुई ठूला अर्थतन्त्रको व्यापार समूहहरुले पुनः संवादका लागि सम्पर्क कायम गरेका छन्,’ चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फेङले बताएका छन्।

चीन–अमेरिका आर्थिक तथा व्यापारिक तनावको थालनी भएको विन्दु संयुक्त राज्य अमेरिकाको चिनियाँँ सामान आयातमाथि एकतर्फी कर वृद्धि रहेको काउले साप्ताहिक पत्रकार भेटघाटमा बताए।

‘दुई पक्ष सहमतिमा पुग्नका लागि आयातमा गरिएको कर वृद्धि पूर्णरूपमा हटाइनुपर्छ। यस सम्बन्धमा चीनको धारणा स्पष्ट छ,’ काउले भने। चीन र अमेरिकाले तीन अर्ब ६० करोड अमेरिकी डलर बराबरको करवृद्धिको घोषणा गरेका छन्।  गत वर्षदेखि सुरु भएको व्यापार वार्ताबाट कुनै सम्झौता गर्न सफल नभएपछि वार्ता टोलीले गत मे महिनाबाट सहमतिको प्रयास स्थगित भएको जनाएको थियो। तर गत साता जापानको ओसाकामा सम्पन्न जी–ट्वान्टी सम्मेलनका अवसरमा दुई देशका राष्ट्रपतिबीच भएको वार्तापछि व्यापार वार्तालाई व्युँताउने सहमति भएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने सामानमा नयाँ कर वृद्धि नगर्ने र प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेविरूद्धको अमेरिकी अडानलाई नरम गर्न सुझाव दिएका थिए। हुवावेलाई अमेरिकी ट्रम्प प्रशासनले कालो सूचीमा राखेको थियो।

 

प्रकाशित: २० असार २०७६ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App