coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

धुम्रपानले हरेक दिन १७ अस्ट्रेलियालीको मृत्यु

सिड्नी – अस्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ। अस्ट्रेलियाली नेसनल युनिभर्सिर्टी (एएनयु)ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्बन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ। 

अध्ययन टोलीले धुम्रपान गर्ने एक लाख ९० हजार अस्ट्रेलियाली नागरिकमा अनुसन्धान गर्दा धुम्रपान नगर्नेको भन्दा धुम्रपान गर्नेमा ३६ प्रकारका फरक रोगहरु देखिएको जनाएको छ।

उनीहरुका अनुसार धुम्रपानका कारण रक्तबाहिनी नलीसम्बन्धी समस्या देखिने तथा हृदयघातका कारण मृत्यु हुने गरेको उक्त अनुसन्धान प्रतिवेदनमा देखाइएको छ।
अस्ट्रेलियाली नेसनल युनिभर्सिटी अन्तर्गतको जनस्वास्थ्य तथा इपिडिमियोलोजी केन्द्रका एमिली ब्याङ्कस नेतृत्वको टोलीले सात वर्ष लगाएर यस्तो अनुसन्धान गरेको हो।
अध्ययन टोलीले धुम्रपान गर्ने एक लाख ९० हजार अस्ट्रेलियाली नागरिकमा अनुसन्धान गर्दा धुम्रपान नगर्नेको भन्दा धुम्रपान गर्नेमा ३६ प्रकारका फरक रोगहरु देखिएको जनाएको छ।

हरेक वर्ष रक्तबाहिनीसम्बन्धी समस्याका कारण मृत्यु हुनेको संख्या भन्दा छ हजार चार सय बढीको मृत्यु धुम्रपानका कारण हुने गरेको अध्ययनले देखाएको छ।
अध्ययनका क्रममा मुटुसम्बन्धी विभिन्न रोग, चोटपटकलगायतका कारणले मृत्यु हुनेका बारेमा पनि अध्ययन गरिएको अध्ययनकर्ताले जनाएका छन्। अस्ट्रेलियामा अहिले धुम्रपान गर्ने व्यक्तिको संख्या कुल २७ लाख रहेको अध्ययन टोलीका प्रमुख ब्याङ्कसले बताएका छन्। उनीहरुमध्ये अधिकांशले प्रत्येक दिन कम्तीमा पाँच वटा चुरोट पिउने गरेको पनि सो अनुसन्धानमा खटिएकाले बताएका छन्।

 

 

 

प्रकाशित: २० असार २०७६ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App