७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘जंगली राज चल्दैन्, निष्तेज गर्ने सरकारको काम हो’ (भिडियाे)

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समुह संगठित आतंकवादी समुह भएको बताएका छन्। सञ्चार मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विप्लव समुह आतंकवादी समुह नै भएको ठोकुवा गरेका हुन्। विप्लवका क्रियाकलाप जनतामा त्रास र भय फैलाउने र लुटतन्त्र मच्चाउने भएकाले संगठित अपराध भएको टिप्पणी गरे। उनले भने ‘कुरा क्रान्तिकारी परिणाम दक्षिण पन्थीहरुलाई टेवा पुर्याउने हो उनीहरुको। दक्षिण पन्थीहरुको सेवा गरिरहेको छ विप्लब भन्ने आतंककारी समुहले । यो आतंकारी नै हो। अपराधिक नै हो संगठित रुपमा।’

उनले सरकारले वार्ता आव्हान गर्दा गर्दै अस्वीकार गरि हिंसा रोजेर विप्लव समूह उपयोगितावादी भएको दाबी गरे। उनले भने ‘उहाँहरु जम्माजम्मी उपयोगितावादी हो। अराजकतावादी हो। लुटेरा समुह हो। क्रमश संगठित आतंकवाद हो। सामाजिक भासिवाद पनि हो। त्यो कुनै पनि प्रकारले कुनै दर्शन विचार सिद्धान्तको निकट छैन्। चुनाव लड्ने हुत्ती छैन्। कुनै कोठामा बसेर फोनमा १२ वटा सिम फेरिर मान्छेलाई दिनहुँ त्रर्साएर के हुन्छ? त्यसकारण सरकार तर्सदैन।’

सरकार अझै पनि वार्ताबाट समस्या समाधान गर्न तयार रहेको भन्दै उनले विप्लव समुहले नै वार्तालाई अस्वीकार गरि भागेको टिप्पणी गरे। उनले भने ‘हामीले वार्ता पनि गर्यौ। वार्तालाई उहाँहरुले रुचाउनुभएन। अनुचित कार्य गर्दे हिड्नुभयो। गैह्रसंवैधानिक कार्य गर्दे हिड्नुभयो। त्यसो भएपछि नियन्त्रणमा लिने, निष्तेज गर्ने सरकारको काम हो। त्यसैले बल प्रयोग गरेको छैन सरकारले। उहाँहरुलाई फेरी पनि अनुरोध छ। हिंसाको उन्माद र रक्तपिपाशु मानसिकता नेपाली समाजले अस्वीकार गरेको छ है। थाहा पाउनु पर्यो। यो लुटपाटको धन्दा, आतंकको धन्दा जारी राखेमा क्षति व्यहोर्ने उहाँहरुले नै हो। हाम्रो अनुरोध छ क्षति तर्फ नजाऊँ समय छ। आउनुहोस् छलफल गरौं।’ जनताको अधिकार प्राप्तिका लागि आवश्यक परिर्वतन भईसकेको भन्दै उहाँले व्यक्ति विशेषको चाहाना र मनोकामनालाई जनताले स्वीकार नगर्ने चेतावनी दिए।

उनले भने ‘व्यक्ति व्यक्तिका अधिकार के के चाहिएको हो? त्यो मनोगत आकाक्षाले हुदैन्। जनता सहमत हुनुपर्छ। जनताले हिंसालाई अस्वीकार गरेको हो। क्रान्तिको नाममा स्कुल बन्द? वितण्डा। वितण्डा हो नि यो बाँकी के हो? कुहिरी मण्डलमा हिडेर आफै अरुलाई भ्रम पर्या छ भन्ठान्नु हुदैन।’

उनले दुई तिहाईको सरकार त्यत्तिकै नआएको र सरकारलाई के गर्नुपर्छ भन्ने राम्रो हेक्का भएको बताए। उनले भने ‘दुई तिहाईको सरकार सिमलको भुवा होइन। यसो खस्ने कता जाने कता जाने टुंगो नभएको।’ उनले संगठित आतंककवाद तर्फ उन्मुख विप्लव समुहका क्रियाकलापलाई सरकारले छुट नदिने स्पष्ट पारे।

उनले भने ‘वार्तामा नआउने। दाउपेच गर्दै आफुहरु माथि निगरानी छोड् भनिरहने। आफ्नो धन्दा गरिरहने हिंसाको निम्ति वातावरण तयार गरिरहने। धम्काउने, कमिसन माग्ने। ठेक्कापट्टा आदीलाई त्राहीमाम बनाउने। यो जंगली राज त चल्दैन्। यो जंगली राजलाई छुट दिन सकिन्न। उहाँहरुले निर्दोष मान्छे मार्या क्रान्तिका लागि? कोही झुक्किएर पर्नुभयो नियन्त्रणमा लिन खोज्दा खोज्दै भने त्यो चाही दमन? त्यो हुदैन्। सङलेको वातावरण धमिल्याएर कसको सेवामा लाग्दै हुनुहुन्छ? के प्राप्ति भन्नु पर्यो नि। के लडाउन दौड्या?’

प्रकाशित: १९ असार २०७६ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App