आइफाबारे सञ्चारमन्त्रीकाे प्रश्नः होहल्लाको भरमा संसदीय समितिले जे पायाे त्यही निर्देशन दिने?

बिहिबार, १९ असार २०७६, १८ : १३ नागरिक

काठमाडाैं– सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले होहल्लाको भरमा आईफा अवार्ड रोक्न संसदीय समितिले निर्देशन दिएको दावी गर्दै चर्को असन्तुष्टि जनाएका छन्।

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सो अवार्ड रोक्न होहल्लाको भरमा जे पायो त्यही भाषा प्रयोग गरेर दिएको निर्देशन राम्रो नहुने मन्त्री बाँस्कोटाको चेतावनीयुक्त भनाई छ। बिहीबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संसदीय समितिले गहिरोसँग अध्ययन नै नगरी सो निर्देशन दिएकोमा आक्रोश व्यक्त गरे। 'आईफामा के भएको थियो र?’, मन्त्री बास्कोटाले भने 'संसदीय समितिले दिने निर्देशन विषयको गहि-याईमा पुगेर दिनु पर्छ, होहल्लामा त्यत्तिकै भाषा जे पायो  त्यही गरेर निर्देशन दिनुचाँही त्यति राम्रो हुँदैन।’

मन्त्री बास्कोटाले आईफा अवार्ड विजनेशको प्रश्न भएको उल्लेख गर्दै त्यसमा नेपाल सरकारले आयोजनाका लागि सैद्धान्तिक स्वीकृति मात्रै दिएको उल्लेख गर्दै त्यसमा पैसा दिने कुनै निर्णय नगरिएको पनि पटक पटक दोहो-याए।

विश्वका विभिन्न २० वटा भन्दा बढि देशहरुमा आयोजना भइसकेको सो अवार्ड नेपालमा गरौं भन्ने प्रस्ताव आएको तर त्यसका मोडालिटीका विषयमा सरकारले छलफल गर्न तयार हुँदाहुँदै संसदीय समितिले हतारहतारमा 'आकाश खसेजसरी, धर्ती भासिए जसरी’ निर्देशन दिनु आवश्यक नभएको उनको तर्क छ। मन्त्री बास्कोटाले सरकारले त्यस्ता इभेन्ट आयोजना गर्दा लाभहानीलाई हेरेरै गर्ने बताउँदा पनि संसदीय समितिले त्यसलाई बेवास्ता गरेको आरोप पनि लगाए।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad