८ वैशाख २०८१ शनिबार
समाज

बेलायती केराउ नेपाल हुँदै भारत तस्करी

प्रहरीले बरामद गरेको अवैध केराउ । तस्बिर/नागरिक

बर्दिया– प्रहरीको गस्ती टोलीले सोमबार भारततर्फ लैजाँदै गरेको ८३.५ केजी बेलायती केराउ बरामद गरेको छ। मधुवन नगरपालिका–५ स्थित सडकमा बेवारिसे अवस्थामा राखिएको केराउ बरामद गरेको प्रहरीले जनाएको छ।

यसअघि ११ गते प्रहरी टोलीले गुलरिया नगरपालिका–८ स्थित सडक खण्डमा २० वर्षिय सुनिलकुमार बानियाँ, २३ वर्षिय भरत लोधले भन्सार छली गरी नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेको अवस्थामा तीन बोरा केराउ र तीन वटा साईकल नियन्त्रणमा लिएको हो। बानियाँ र लोधलाई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालयमा प्रहरीले बुझाएको छ।

नेपालमा भन्सार छलेर भारततर्फ लैजादा मनग्य फाईदा हुने समुह सक्रिय रहेको प्रहरीको भनाई छ। नेपालमा एक पटक भन्सार गरेर भित्रिएको केराउ भन्सार नभएर अन्य देशमा जाँदा ठूलो नोक्सानी हुने भन्सार कर्मचारीले बताए। अवैध सीमामा तस्करले केराउ कारोबार गरिरहेको गोप्य सूचनामा परिचालित प्रहरी अवैध केराउ बरामद गर्न सफल भएको निमित्त प्रहरी प्रमुख मदनजित महराले बताए। ‘सीमासम्म विभिन्न बहानामा केराउ जम्मा गर्ने गरेका छन्’उनले भने, ‘आँखा छलेर केराउ भारततर्फ पठाउने गिरोह सक्रिय रहेको छ।’

पछिल्लो समय प्रहरीले केराउ नेपालबाट भारत लैजाने र भारतीय खसी नेपाल भित्र्याउन तस्कर सक्रिय भएको उनले जानकारी दिए। ८० किलोमिटर खुला सीमाका कारण तस्करले फाइदा उठाइरहेको स्थानीको भनाई छ। ‘खुला सीमा भारततर्फ तीन तीन किलोमिटरमा सुरक्षाकर्मी छन’ स्थानीय बद्लु लोधले भने ,‘नेपालका सुरक्षाकर्मीले रात दिन गस्ती गरे मात्र सामान बरामद गर्न सक्छन्, तर झुक्काएर नेपाल वा भारत लैजाने खेल प्रहरी र तस्करबीच खेल भइरहन्छ।’ सीमा सुरक्षा र राजश्व चुहावट रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। ‘हामीलाई खसीको तस्करी र केराउ रोक्न समस्या भइरहेको छ’ उनले भने, ‘तर घरमै उत्पादन गरेको खसी र केराउ भनेर स्थानीय जनप्रतिनिधिले सिफारिस गरिदिँदा समस्या भइरहेको छ।’

अवैध खसीलाई नेपालको हो भनि सिफारिस गर्ने वडा प्रतिनिधिलाई  बोलाएर बयान लिइरहेको उनले खुलाए। ‘सिफारिस शुल्क लिने प्रलोभनमा वडा अध्यक्षले सिफारिस गर्ने गरेको गोप्य सूचना प्राप्त भएको छ’ उनले भने, ‘जनप्रतिनिधिले त्यस्तो नगरुन भनेर प्रशासनले बयान लिन थालेको हो।’

भारतबाट आउने खसीको क्वारेन्टाईन भएका खण्डमा राज्यको राजश्व संकलन बढने उनको भनाई छ। ‘भारतबाट आएको सामानलाई नेपालको हो भनेर सिफारिस दिँदा राज्य घाटा परिरहेको छ’उनले भने। सीमा क्षेत्रमा बरामद भएका सामान लिलाम बिक्रि भइ्रहेको भन्सार कार्यालय राजापुरका प्रमुख उपेन्द्र हमालले बताए। ‘प्रहरीको सक्रियतामा बरामद भएका अवैध वस्तु भन्सारले लिलाम गरिरहेको छ’ उनले भने। खुला सीमाबाट निर्माण सामाग्री, खसी, ईलेक्ट्रानिक भारतबाट अवैध सामान भित्र्न गरेको भन्सार कार्यालयको रेकर्डमा देखिन्छ।

प्रकाशित: १९ असार २०७६ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App