प्रधानमन्त्रीलाई सांसदको चुनौती

‘मेरो स्कुटरमा बसेर यात्रा गर्नुस्, अनि थाहा हुन्छ मास्क लगाउनु पर्छ कि पर्दैन?’

बिहिबार, १९ असार २०७६, १७ : १५ नागरिक संवाददाता

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रगंमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँडन नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन्।

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसद शाहीले काठमाडौंमा मास्क लगाउन पर्ने/नपर्ने अवस्थाको जानकारी लिन आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न पनि प्रधानमन्त्री ओलीलाई आह्वान गरिन्। ‘म बनस्थली बस्छु, यहाँबाट बनस्थलीसँग मेरो स्कुटरको पछि बसेर यात्रा गर्नुस्’, सांसद शाहीको भनाई थियो, ‘प्रधानमन्त्रीलाई मेरो सुझाव छ, त्यसपछि थाहा हुन्छ मास्क लगाउनु पर्छ कि पर्दैन भनेर।’

प्रधानमन्त्री ओलीले केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा मास्क लगाएर हिँड्नुपर्ने अवस्था नरहेको भनि अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको सो अभिव्यक्तिको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भइरहेको छ।

सांसद शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित भएको सो बैठकमा प्रधानमन्त्रीले उद्घाटन गरेको विद्युतीय बस कहाँ छ भनि प्रश्न पनि गरिन्। उनले सरकारले ३ सय वटा विद्युतीय बस संचालन गर्ने योजना बनाएको उल्लेख गर्दै त्यसका लागि ब्याट्री चार्जिङ स्टेशनको व्यवस्थापन सम्बन्धी योजनाबारे पनि जिज्ञासा राखेकी थिइन।







यसमा तपाईको मत

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad