coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘आइफा रद्ध हुँदा अन्तर्राष्ट्रियस्तरमा नेपालबारे नराम्रो सन्देश गयो’

काठमाडौं– इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) रद्ध भएकोमा कलाकार दिपकराज गिरीले असन्तुष्टि जनाएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले रद्ध गर्न निर्देशन दिएसँगै अवार्ड नहुने निश्चित भएको छ। अवार्ड नै नहुने अवस्था सिर्जना भएपछि हास्य कलाकार गिरीले असन्तुष्टि जनाएका हुन्। आइफा रद्ध हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश गएकोमा चिन्ता व्यक्त गर्दै गिरीले पैसा मात्रै बचाएर केही नहुने उल्लेख गरेका छन्। 

उनले भनेका छन्, ‘आइफा नगरेर देशको पैसा त बच्यो राम्रो कुरा हो। तर अन्तर्राष्ट्रिय स्तरका कुनै पनि ठूला कार्यक्रम गर्न नसक्ने देश भनेर पनि प्रचारित हुँदैछ कि? निजी स्तरले गर्न लागेको होस् वा सरकारी स्तरले, यस्ता ठूला कार्यक्रमहरू लगातार धेरै पटक स्थगित भैरहेका छन्। यसले पनि नराम्रो सन्देश गैरहेको छ। पैसा मात्रै बचेर हुँदैन, प्रतिष्ठा पनि बच्नु पर्छ।’

नेपालको पर्यटन प्रवर्द्धनका लागि भन्दै सरकारले आइफा अवार्ड नेपालमा गर्ने निर्णय गरेको थियो। यसका लागि नेपाल पर्यटन बोर्ड र आयोजक संस्था ह्वीजक्राफ्ट इन्टरनेशनल इन्टरटेनमेन्टबीच सहमतिमा हस्ताक्षर समेत भइसकेको थियो। 

अवार्ड समारोहमा विभिन्न देशका ६ सय प्रतिनिधि नेपाल आउने, ६० भन्दा बढी बलिउडका प्रख्यात कलाकार सहभागी हुनेलगायतको सहमति भएको थियो।

प्रकाशित: १९ असार २०७६ १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App