१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'नेपाल प्रहरीले आवश्यक आधार तयार पारिसकेको छ'

फाइल फाेटाे

काठमाडाैं– नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समायोजनका नेपाल प्रहरीले आवश्यक आधार तयार पारिसकेको बताएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुसासन समितिको बिहीबारको बैठकमा प्रहरी प्रमुख खनालले सैद्धान्तिक विषयमा निक्र्योल भएपछि आफुहरु कुनै पनि समयमा समायोजनका लागि तयार रहेको बताएका हुन्। प्रदेश अनुसार आवश्यक पर्ने जनशक्तिको खाका तयार पारिएको र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाई सकिएको उनले स्पष्ट पारे।

'हामी प्रदेश प्रहरी समायोजनका लागि तयार छौ। सैद्धान्तिक विषय मिल्ने वित्तिकै काम सकिन्छ। यो विषयमा निर्देशन आयो भने कुनै समस्या छैन।' उनले भने  'अहिले पनि २६ हजार प्रहरी कर्मचारी प्रदेशमा गएर काम गरिरहेका छन्।'

समिति सदस्य एवं पुर्व गृहमन्त्री जनार्दन शर्माले प्रदेश सरकार सरकार जस्तो नै नभएका कारण सर्वसाधारणमा राज्य संञ्चालन व्यवस्थाप्रति नै आशंका उब्जिएकाले सक्दो छिटो प्रदेश प्रशासनले आफ्नो हातमा कामाण्ड लिएर जनतालाई विश्वस्त पार्ने वातावरण मिलाउनुपर्ने बताए। उनले कुन स्तरको पदसम्म प्रदेशमा भर्ना हुने र कुन स्तरको पद भन्दा माथिको संघमा भन्ने स्पष्ट पार्नुपर्ने बताए। त्यसैगरी तालिम भर्ती नीति, मापदण्ड लगायत विषयको टुंगो लगाउनुको साथै पुल र फाजिल दरबन्दीको सट्टा आवश्यक पर्दा परिचालन गर्ने गरि रिर्जभ को व्यवस्था मिलाउन सुझाव दिए।

बैठकमा समिति सदस्य पम्फा भुसालले संगठनको सर्भे गरेर सोही आधारमा स्मार्ट सुरक्षा व्यवस्था हुने गरि समायोजन गरिनुपर्ने बताइन्। उनले समायोजनको क्रममा अधिकार सम्पन्न पालिकाको व्यवस्था गर्ने लगायत संविधानले प्रदेश सरकारलाई दिएको अधिकार क्षेत्रलाई पनि ध्यानमा राखिनुपर्ने बताइन्।

छलफलपछि कर्मचारी प्रहरीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ३ को उपदफा ५ र  दफा १४ तथा अन्य विवादित विषयमा गृहमन्त्रालयले बिहीबार साँझसम्म प्रतिवेदन तयार पारी समितिमा बुझाउने भएको छ।

प्रकाशित: १९ असार २०७६ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App