७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा धुम्रपानले हरेक दिन १७ जनाको मृत्यु

क्यानबेरा- अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ। अष्ट्रेलिया नेसनल युनिभर्सीर्टी (एएनयु) ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ।

उनीहरुका अनुसार धुम्रपानका कारण रक्तबाहिनी नलीसम्वन्धी समस्या तथा हृदयघातका कारण मृत्यु हुने गरेको उक्त अनुसन्धान प्रतिवेदनमा देखाइएको छ। यस विश्वविद्यालय अन्तर्गतको जनस्वास्थ्य तथा इपिडिमियोलोजी केन्द्रका एमिली ब्याङ्कस नेतृत्वको टोलीले सात वर्ष लगाएर अनुसन्धान गरेको हो।

अध्ययन टोलीले धुम्रपान गर्ने एक लाख ९० हजार अष्ट्रेलियालीमा अनुसन्धान गर्दा धुम्रपान नगर्नेको भन्दा ३६ प्रकारका फरक रोगहरु देखिएको जनाएको छ।

हरेक वर्ष रक्तबाहिनी सम्वन्धी समस्याका कारण मृत्यु हुनेको संख्या भन्दा छ हजार चार सय बढीको मृत्यु धुम्रपानका कारण हुने गरेको अध्ययनले देखाएको छ। अध्ययनका क्रममा मुटुसम्वन्धी विभिन्न रोग, चोटपटकलगायतका कारणले मृत्यु हुनेका बारेमा पनि अध्ययन गरिएको अध्ययनकर्ताहरुले जनाएका छन्। अष्ट्रेलियामा अहिले धुम्रपान गर्ने व्यक्तिको संख्या कुल २७ लाख रहेको अध्ययन टोलीका प्रमुख ब्याङ्कसले बताए।

उनीहरुमध्ये अधिकांशले प्रत्येक दिन कम्तीमा पाँच ओटा चुरोट पिउने गरेका पनि सो अनुसन्धानमा बताएका छन्। सिन्ह्वा

प्रकाशित: १९ असार २०७६ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App