८ वैशाख २०८१ शनिबार
राजनीति

भारतीय राष्ट्रपति मुखर्जी काठमाडौंमा

तीन दिने नेपाल भ्रमणमा अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिन औपचारिक नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। मुखर्जी इण्डियन एअर फोर्सको  विमानबाट मध्यान्ह १२: ३० राष्ट्रपति मुखर्जी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। भारतीय समकक्षीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा पुगेकी थिइन्। मुखर्जीलाइ स्वागत  गर्न उपराष्ट्रपति नन्दबहादुर पुन,  प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्री तथा विशिष्ट व्यक्ति विमानस्थल पुगेका थिए।

यसैबीच राष्ट्रपति मुखर्जी भ्रमणका क्रममा राजधानीको ट्राफिक व्यवस्था प्रभावित भएको छ। ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी साधन चलाउन रोक लगाएको छ। भने राष्ट्रपतिको सवारी  चल्ने रुपमा सर्वसधारणलाई पैदल हिँडन समेत रोक लगाएको छ।  जसका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ। भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ । उनको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् ।
 

१८ वर्षपछि भारतीय राष्ट्रपति नेपालमा

१८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो।  यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए।

यस्ताे छ मुखर्जीकाे भ्रमण तालिका

 

राष्ट्रपति  विद्यादेवी भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले अाजै शीतल निवासमा भेटवार्ता  गर्ने कार्यक्रम छ। उनको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नेछन् भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन्।

राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उनीग शिष्टाचार भेट गर्नेछन्। भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानछन्। राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

सबै तस्बिर: दिपेश श्रेष्ठ

तीन दिने नेपाल भ्रमणमा अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ
तीन दिने नेपाल भ्रमणमा अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ
तीन दिने नेपाल भ्रमणमा अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ
तीन दिने नेपाल भ्रमणमा अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ
तीन दिने नेपाल भ्रमणमा अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ
तीन दिने नेपाल भ्रमणमा अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ
तीन दिने नेपाल भ्रमणमा अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ
तीन दिने नेपाल भ्रमणमा अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ
तीन दिने नेपाल भ्रमणमा अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर: दिपेश श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App