coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उच्च शिक्षाको खुड्किलो ‘आइटी’

एसइईको नतिजा सार्वजनिक भइसकेपछि विद्यार्थीमा अब के पढ्ने भन्ने कौतुहल बढेको छ। अहिले सूचना प्रविधिले मानिस घेरिएको छ। घरघरमा कम्प्युटर, हातहात ल्यापटप र स्मार्टफोन अहिलेको वास्तविकता हो। एसइई सकिनेबित्तिकै सूचना प्रविधिसम्बन्धी कुनै ठूलो कोर्स नभए पनि विद्यार्थीले विज्ञान र व्यवस्थापन संकायमा कम्प्युटर साइन्स अध्ययन गर्न सक्छन्।

कक्षा ११ र १२ मा कम्प्युटर साइन्स पढ्नु भनेको सम्पूर्ण सूचना प्रविधि अध्ययनको जग बसाल्नु भएको शिक्षकहरू बताउँछन्। जहाँ प्रविधियुक्त कक्षा कम्प्युटर, विशेष सफ्टवेयर, नेटवर्किङ, इन्टरनेट, प्रोजेक्टर अडियो÷भिजुअल तथा अन्य प्रविधिमार्फत शिक्षण र सिकाइको अवसर प्राप्त हुन्छ त्यस्तै विद्यालय विद्यार्थीको रोजाइमा पर्ने ब्रिजवाटर इन्टरनेसनल कलेजमा विज्ञान संकाय अध्ययनरत राहुलप्रताप शाह बताउँछन्।

बढ्दो प्रविधिको प्रयोगसँगै अहिले मानिसका लागि अत्यावश्यक भइसकेको छ, मोबाइल र ल्यापटप। यसको प्रयोगबिना दैनिक कामकाज नै ठप्प हुने अवस्था छ। केही वर्ष अघिसम्म कछुवाको गतिमा चलेको सूचना प्रविधि अहिले दौडिरहेको छ। त्यसैले पनि सूचना प्रविधि अध्ययनमा युवाहरूको क्रेज बढेको जानकारहरू बताउँछन्।

जहाँ प्रविधियुक्त कक्षा कम्प्युटर, विशेष सफ्टवेयर, नेटवर्किङ, इन्टरनेट, प्रोजेक्टर अडियो÷भिजुअल तथा अन्य प्रविधिमार्फत शिक्षण र सिकाइको अवसर प्राप्त हुन्छ त्यस्तै विद्यालय विद्यार्थीको रोजाइमा पर्ने गर्छन्।

प्रविधिको विकासले शैक्षिक क्षेत्रमा धेरै परिवर्तन ल्याएको छ। विशेषगरी शिक्षण र सिकाइ प्रणाली परिवर्तनमा यसले महŒवपूर्ण योगदान पु¥याएको छ। शैक्षिक संस्थाहरूले शिक्षण पद्धतिमा नयाँ–नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको शिक्षक लक्ष्मण ढकाल बताउँछन्। प्रविधि क्षेत्रमा भइरहेको द्रुत विकास र यसको बढ्दो प्रयोगले शैक्षिक संस्थाहरूलाई प्रविधिमैत्री बन्न बाध्य बनाएको उनले बताए। उनका अनुसार विद्यार्थीले हल्लाको पछाडि र फेसनका लागि विषय छान्ने होइन। विद्यार्थीले आफ्नो इच्छाअनुसार विषय पढ्नुपर्छ। के पढ्दा रमाइन्छ, त्यही पढ्यो भने राम्रो गर्न सकिन्छ। मनदेखि खुसी नभई सफलता प्राप्त गर्न सकिँदैन।

टेक्सेस कलेजका नारायण पोखरेल भन्छन्, ‘सूचना प्रविधिको प्रयोग बढेसँगै प्रविधिको प्रयोग गरेर नै पढाउन थालेका छांै।’ प्रोजेक्टर तथा भिडियो देखाउँदै अध्यापन गराउँदा विद्यार्थीले सजिलै सम्झिन सक्ने उनको भनाइ छ। विद्यार्थीले कक्षा १२ पछि आफ्नै कम्पनी खोलेर आइटीसम्बन्धी काम गर्न सक्ने अथवा विभिन्न आइटी कम्पनीमा रहेर काम गर्नसक्ने उनले बताए। ‘विद्यार्थीले आफ्नो क्रियटिभ आइडिया साटछन्। कलेजको सर्टिफिकेटभन्दा पनि सीप महŒवपूर्ण हुनथालेको छ,’ पोखरेलले भने, ‘सीप हातमा भएन भने सीपमूलक अर्को डिग्री लिनुपर्ने हुन्छ।’

हाल आइटीमा विद्यार्थीहरूको क्रेज बढ्दो छ। ‘अहिले क्रेज भएको विषय आइटी नै हो,’ कामना इन्टरनेसनल कलेजका प्राज्ञिक निर्देशक हरि पाण्डे भन्छन्, ‘आइटी विद्यार्थीको मात्र नभई आममानिसको पनि अभिन्न अंग बनेको छ। सबै कामकाज अनलाइनबाट हुन्छ। अब आइटीसम्बन्धी जानकारी नभएको मानिस स्वतः पछाडि पर्ने देखिन्छ।’ आइटीको जानकारीबिना प्रतिस्पर्धामा आउन नसकिने उनको बुभाइ छ। ई–सेवा, आइएमई पे र खल्तीलगायतका एप्सबाट घरमै बसेर काम गर्न सजिलो भएको छ। आइटी पढेर कम्प्युटरसम्बन्धी जुनसुकै फिल्डमा जान सजिलो हुने उनले बताए।

पछिल्लो समय सबैभन्दा फड्को मारेको विषय नै सूचना प्रविधि भएको उनी बताउँछन्। युवा पुस्ता कम्प्युटर, इन्टरनेट, स्मार्टफोन लिएर हिँड्छन्। अहिलेको पुस्ता इन्टरनेटको प्रयोग गरेर नयाँ–नयाँ कुरा सिक्न खोज्छ। त्यसैले पनि यसमा अहिले युवा पुस्ताको रुचि ह्वात्तै बढेको छ। पछिल्लो समय मानिसले देशविदेशका घटना तथा समाचारलगायत सोसल मिडिया तथा मोबाइलको प्रयोगबाट घरमै बसेर थाहा पाउँछन्। ‘विद्यार्थीलाई परम्परागत किताबी ज्ञान मात्र अब पर्याप्त हुँदैन,’ ब्रिजवाटर इन्टरनेसनल कलेजका संयोजक लक्ष्मण ढकाल भन्छन्, ‘त्यसैले हामीले पनि ई–लर्निङ, डिजिटल क्लास रुमलगायत आधुनिक प्रविधि प्रयोग गरिरहेका छौं।’ विद्यार्थीलाई बुझाउने र उनीहरूको पढ्ने बानी विकास गर्न लागिपरेको उनको भनाइ छ।

विदेश गएर सञ्चारसम्बन्धी विषय पढ्ने सोच भएको राहुलप्रताप शाहले बताए। आपराधिक गतिविधिलाई रोक्न सक्ने क्षमता विकास गर्नु आफ्नो लक्ष्य भएको उनले सुनाए। विश्वमा विकास र परिवर्तनको कारण नै आइटीको विस्तार भएको उनको बुझाइ छ। कम्प्युटर साइन्स कम्प्युटर बेस कोर्स भएकाले कक्षा ११ र १२ मा पढेर स्नातक तहमा आफूले चाहेको आइटीसम्बन्धी कोर्स पढ्न पाइने ब्रिजवाटर इन्टरनेसनल कलेजमा व्यवस्थापन संकाय अध्ययनरत लक्ष्मी खत्रीले बताइन्। ‘बिसिए, बिएस्सी सिएसआइटी, बिआइटी, बिई, कम्प्युटर इन्जिनियरिङलगायतका धेरै विषय पढ्न पाइन्छ,’ खत्रीले भनिन्, ‘थप डिग्री हासिल गर्न विदेश जाने वा नेपालमै बसेर लिडिङ आइटी कम्पनी पनि चलाउन सकिन्छ।’

आइटी पढेर नेपालमा नै करियर बनाउन सक्ने अवस्था र अवसर पनि छ। तर, यहाँ स्रोत साधनको कमी छ। सरकारले पनि यस क्षेत्रमा पर्याप्त लगानी गरेको देखिँदैन। त्यसैले विद्यार्थी विदेशमै भविष्य खोज्छन्। राज्यले आवश्यक स्रोत साधन उपलब्ध गराउन सके नेपालमा पनि थुप्रै अवसर हुनसक्छन्। सूचना प्रविधिले प्रशस्त रोजगारीको अवसरसमेत सिर्जना गरेको छ। आइटीलाई अहिले लोभलाग्दो करियरको रूपमा हेर्ने गरिन्छ। नेपालमा रहेका सफ्ट्वेयर निर्माण कम्पनी, इन्टरनेट र मोबाइल सर्भिस प्रोभाइडरलगायतले आइटीको स्कोप बढाइदिएका छन्। आइटी कम्पनीहरूले हिजोआज डिजाइन, ल्याङ्वेज र मार्केटिङलगागतसँग सहकार्य गरिरहेका छन्। आइटीबारे जानकारी राख्नेहरूका लागि यस्ता कम्पनीले रोजगारीको अवसर दिइरहेका छन्।

कलेजहरूले वेव डिजाइनिङ, भिएफएक्स र एनिमेसनभन्दा हार्डवेयर, नेटवर्किङ र सफ्टवेयर डेभलपमेन्टमा केन्द्रित भएर इम्फरमेसन म्यानेजमेन्टको अध्यापन गराइरहेका छन्। आइटीमा केन्द्रित  विभिन्न कलेज आफूहरू यसमा करियर बनाउन चाहनेहरूलाई सीपमूलक शिक्षा दिन लागिपरेको बताउँछन्।

प्रकाशित: १९ असार २०७६ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App