coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुवा खालबाट ८ लाख रूपैयाँसहित २७ जुवाडे पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट रु आठ लाख ६५ हजार ९७० बरामद गरेको छ ।

भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जबाट गएराति ११ जना व्यक्ति र उनीहरुको जुवा खालबाट रु पाँच लाख ३१ हजार ८२५ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार राति भरतपुर उपमहानगरपालिका– १२ मुनालचोकबाट १६ जना व्यक्ति र उनीहरुको जुवाको खालबाट रु तनि लाख ३४ हजार १४५ बरामद भएको छ ।

प्रहरीले तिहारको समयमा जुवातास नियन्त्रण गर्न अभियान चलाएको भए पनि पेसेवर रुपमा उनीहरु मात्रै पक्राउ परेको श्रेष्ठले बताए। उनीहरुविरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा चलाइने भएको छ । रासस
 

प्रकाशित: १७ कार्तिक २०७३ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App