coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

बेलो होराइजन – अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने योजना नभएको बताएका छन्। अर्जेन्टिना मंगलबार सम्पन्न कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले निराश भएको थियो। यससँगै अर्जेन्टिनाको लामो समयदेखिको उपाधि खडेरीमा पूर्णविराम लगाउने मेसीको लक्ष्यले यस संस्करणमा पनि पूर्णता पाउन सकेन। ३२ वर्षे मेसीले सन् २०१६ मा को कोपा अमेरिका फाइनलमा चिलीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिट मार्ने घोषणा गरे पनि केही समयपछि नै संन्यास फिर्ताको घोषणा गरेका थिए।

अर्जेन्टिना गत संस्करणको कोपा अमेरिकाको फाइनलमा समेत चिलीसँगै निराश भएको थियो। यता सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले निराश भएको अर्जेन्टिना ०१८ को रुस विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँग स्तब्ध भएको थियो। ‘म अझै अर्जेन्टिनी टोलीमा योगदान पु¥याउन सक्छु। म अझै खेल जीवनलाई निरन्तरता दिन्छु। त्यसैले मेरो अहिल्यै विश्राम लिने कुने योजना छैन,’५ पटकका बालोन डी ओर विजेता मेसीले भने, ‘अहिले टोलीमा युवा र क्षमतावान खेलाडीको बाहुल्यता छ। यो टोलीले भविष्यमा आफूलाई प्रमाणित गर्नेछ। तर त्यसका लागि समय लाग्न सक्छ।’

आगामी संस्करणको कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियाले संयुक्त रूपमा आयोजना गर्दैछन्। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले पनि टोली प्रतियोगिताबाट बाहिरिए पनि आफ्नो टोलीले भविष्यमा राम्रो प्रदर्शन गर्ने प्रतिक्रिया दिए। ‘कुनै दुविधाविना आज हामीले उत्कृष्ट प्रदर्शन ग¥यांै,’उनले भने, ’दुर्भाग्यवश नतिजा हाम्रो पक्षमा नआए पनि हामीले प्रतियोगिताबाट धेरै पाठ सिकेका छांै। जसले आगामी दिनमा उत्कृष्ट भन्दा उत्कृष्ट प्रदर्शन गर्न मनोबल प्रदान गर्नेछ।’
१९औं मिनेटमा ग्याब्रियल जिससले गरेको गोलमा ब्राजिलले अग्रता लिएको थियो। खेल सकिन १९ मिनेट बाकी हुँदा रोबेर्टो फिर्मिन्होले बललाई जाली चुमाउदै ब्राजिलको फाइनल यात्रा पक्का गरेका थिए।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले टोली प्रतियोगिताबाट बाहिरिए पनि आफ्नो टोलीले भविष्यमा राम्रो प्रदर्शन गर्ने प्रतिक्रिया दिए। दुर्भाग्यवश नतिजा हाम्रो पक्षमा नआए पनि हामीले प्रतियोगिताबाट धेरै पाठ सिकेका छांै,’ प्रशिक्षक लियोनलले भने।


 
 

 

प्रकाशित: १९ असार २०७६ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App