खडेरीको मारमा किसान, रोपेका धान समेत सुक्न थाले

बिहिबार, १९ असार २०७६, ०८ : ०० योगेश रावल

टीकापुर - कैलालीको जानकी गाउँपालिका–४ मुनुवाका किसान गोविन्द रावतको एक विगाह खेत बाँझै छ। उनले प्रशस्त धान फल्ने खेत अझै जोतेका समेत छैनन्। धान रोप्ने ठेगान नभएपछि खेत नजोतेको बताए। समयमा पानी नपरेपछि उनी जस्तै धेरै किसानका खेत बाँझै छन्। सिँचाई सुविधा पुगेका र बोरिङको उपलब्धता भएका बाहेक सबै किसानले अझै खेत जोत्न सकेका छैनन्। ‘पानी पर्ने सम्भावना छैन। खेत जोतेर मात्रै के गर्नु’ उनले भने–‘आकाशबाट पानी नपरेसम्म धान रोपाइँ सम्भव छैन।’

यतिबेला किसानको दिनरात खेतमै बित्नुपर्ने हो। तर प्रायः किसान खेतमा देखिदैनन्। उनीहरु निकै फुर्सदिला देखिन्छन्। पानी नपरेपछि खेतबारीको काम ठप्प हुँदा किसानहरु फुर्सदिला बनेका हुन। बोरिङको सहारामा धान रोपेका किसानलाई समेत आकाशे पानी नपरेपछि झन ठूलो समस्या भएको छ। बोरिङले दिनहुँ सिँचाइँ गर्न नसक्दा खेतमा रोपेको बेर्ना सुक्न थालेको छ। टीकापुर नगरपालिका–६ का किसान कुमारराज शाहीले बोरिङ चलाएरै खेत रोपेका थिए। उनले आकाशे पानी नपरेपछि रोपेको धानको बेर्ना समेत सुक्न थालेको बताए। ‘बल्लतल्ल खेत रोपियो। अब त्यसलाई जोगाउन गाह्रो भैरहेको छ’ उनले भने–‘आकाशे पानी नपरेपछि किसानहरु निकै समस्यामा छौं।’

कतिपय किसानको धानको बेर्ना समेत बुढो भैसकेको छ। सामान्यतया धानको बेर्ना १५ देखी २५ दिन भित्र खेतमा रोप्नुपर्ने हुन्छ। टीकापुर नगरपालिका–५ मनिकापुरका किसान दामोदर खड्काका अनुसार किसानले बेर्ना राखेको समेत महिना दिन भन्दा बढि बितिसकेको छ।

कैलालीको पूर्वी भेगमा रहेका टीकापुर नगरपालिकाका साथै जानकी र जोशीपुर गाउँपालिकाका केही भूभागमा कर्णाली नदीको पानीले सिँचाई हुन्छ। ती भूभागका किसानलाई भने खासै ठूलो समस्या छैन। उनीहरु यतिबेला धमाधम धान रोपाईमा व्यस्त छन्। तर सिँचाई सुविधा नभएका भूभागका किसानलाई भने धान रोप्नु निकै ठूलो समस्या भएको छ।
भजनी नगरपालिकाको करिव २ प्रतिशत भुभागमा मात्रै सिँचाई सुविधा छ। बाँकी सबै भुभागमा किसानले बोरिङबाट पानी तानेर सिँचाई गर्छन भने नत्र आकाशे पानीको भरोसामा रहनुपर्ने बाध्यता छ। धेरैजसो किसानहरुसँग बोरिङ सुविधा नभएका कारण उनीहरु आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन।

स्थानीय गणेश बुढा बोरिङबाट पानी तानेर धान रोप्नु सबै किसानका लागि सम्भव नरहेको बताउँछन। उनका अनुसार जमिनमूनि पानीको सतह घटेका कारण कतिपय बोरिङबाट पानी समेत आउन छोडेको छ। ‘बोरिङ पनि धेरै भए। पहिले थोरै गाड्दा पनि पानी आउथ्यो तर अहिले धेरै गहिरोमा समेत पानी आउँदैन’ उनले भने–‘आकाशको पानी नपरेसम्म बोरिङले मात्रै पनि काम हुँदैन।’ उनले बोरिङबाट सिँचाई गरेर धान रोप्दा निकै खर्चिलो भैरहेको बताए। सबै किसानले रकम खर्च गरेर धान रोप्न सक्ने अवस्था देखिदैन। यस्ता किसानहरु अझै आकाशे पानीको भरमा बसिरहेका छन।

घोडाघोडी नगरपालिका–१ का किसान नरहरि रिजालका अनुसार आफ्नो क्षेत्रमा असार १५ भित्र रोपाई सकिनुपथ्र्यो। यसअघिका वर्षहरुमा करिव सकिने गथ्र्यो। तर यसवर्ष सो क्षेत्रमा आधा भन्दा धेरै जमिन बाँझै छ। ‘हाम्रोतिर आजसम्म धान रोपाई सकिनु पथ्र्यो’ उनले भने–‘तर आधा पनि सकिएको छैन।’

कैलालीमा हालसम्म ३२ प्रतिशत मात्रै धान रोपाई सकिएको छ। धान दिवस अर्थात असार १५ गतेसम्म साढे २२ प्रतिशत मात्रै सकिएको थियो। आकाशे पानी नपरेकै कारण धान रोपाई ढिलो भएको सुदूरपश्चिम प्रदेश कृषि व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिए। उनले धान रोपाईमा भैरहेको ढिलाईले उत्पादनमा समेत असर पार्ने बताए। ‘समयमा धान रोप्न नसकिएपछि यसको असर उत्पादनमा हुने नै भयो’ उनले भने–‘धान रोपाई धेरै ढिलो भैसकेको छ।’

समयमा धान रोप्न नपाएपछि किसानहरु निकै तनावमा छन। उनीहरु मानो रोपेर मूरी फलाउने बेलामा भैरहेको समस्याले आगामी दिन निकै कष्ठकर हुने बताउँछन। किसानले समयमा खेती गर्न नसक्दा त्यसको असर समग्र मुलुकलाई नै पर्ने देखिन्छ। कृषि उत्पादनले मुलुकको कुल ग्राह्स्थ उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ।






यसमा तपाईको मत

अन्य समाचार

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

Ncell Footer Ad