coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एथ्लेटिको मड्रिड,बार्यन म्युनिख, पिएसजी , र आर्सनल प्रि–क्वाटरफाइनलमा

लण्डन–च्यम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा विजयी हुँदै एथ्लेटिको मड्रिड, बार्यन म्युनिख, पिएसजी र आर्सनल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मंगलबार राति घरेलु मैदानमा सम्पन्न समूह डि अन्तर्गतको खेलमा एथ्लेटिको मड्रिडले रोस्तोभमाथि २–१ गोल अन्तरको जित निकाल्न सफल भयो। खेलको २८ औं मिनेटमा एन्टिनो ग्रिजम्यानले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसको २ मिनेटपछि नै रोस्तोभका अजमोनले गोल गर्दै खेललाई१–१ गोलको बराबरीमा ल्याएका थिए।

बराबरीतर्फ अग्रसर खेलको अतिरित्त समयको तेस्रो मिनेटमा गोल गर्दै ग्रिजम्यानले एथ्लेटिको मड्रिडको क्वाटरफाइनल यात्रा सुनिश्चित गरेका थिए।
च्यम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न समूह डि को अर्को खेलमा जर्मन क्लब बार्यन म्युनिखले पिएसभी आइन्टओभनलाई २–१ गोल अन्तरले पराजित गरेको छ। उसको जितमा दुवै गोल रोर्बट लेभन्डोस्कीले गरेका थिए। यस जितसँगै एथ्लेटिको मड्रिड १२ अंकसहित समूहको शीर्ष स्थानमा रहँदा बार्यन भने ९ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ।

त्यस्तै समूह ए अन्तर्गतको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन पिएसजी र इङलिस प्रिमियर टोली आर्सनल पनि अन्तिम १६ का लागि आफ्नो स्थान बनाउन सफल भएका छन्।  समूह ए अन्तर्गतको खेलमा आर्सनलले लुडोगोरेष्ट राजगार्डलाई ३–२ गोल अन्तरले पराजित गर्दा पएसजीले एफसी बाजललाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा सुनिश्चित गरेका छन्।
 

 

प्रकाशित: १७ कार्तिक २०७३ ०५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App