एनआरएन युरोप भेलालाई उपप्रधानमन्त्री पोखरेलले सम्बाेधन गर्ने

बुधबार, १८ असार २०७६, २१ : ३८ चिरन शर्मा  | @chiranuk

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ युरोपेली भेलामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि हुने भएका छन्। 

अगस्ट ३ र ४ मा इटालीको राजधानी रोममा आयोजना  हुने एनआरएनए युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलनलाई पोखरेलले सम्बाेधन गर्ने कार्यक्रम तय भएको गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय संयोजक शिव बरुवालले जानकारी दिए। 

संघका युरोपस्थित २८ देशका राष्ट्रिय समिति लगायत विश्वभरका अन्य देशका प्रतिनिधी समेतको सहभागिता हुने सो सम्मेलनमा उपप्रधानमन्त्री, मन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुलाई समेत निमन्त्रणा गरिएको बरुलाले बताए।

भेलामा उद्योग वाणिज्य संघ, पर्यटन सम्बद्ध विशिष्ट व्यक्तिलगायत गैरआवासीय नेपाली संघका पदाधिकारीहरु, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, शेष घले, संघका सल्लाहकार डा. हेमराज शर्मा लगायतको उपस्थिती रहने छ । 

भेला नेपालमा गैरआवासीय नेपालीहरुको लगानी र पर्यटन प्रवर्द्धनमा केन्द्रीत हुने बरुवालले जनाए। बरुवालले भने, नेपाल सरकारले अघि सारेको समृद्ध नेपालनिर्माणमा आ–आफ्नो स्थानबाट योगदान गर्न प्रोत्साहन गरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको छ भन्ने सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्य हुनेछ। 

भेलाकै अवसर पारेर  नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्ने उद्देश्यले  नेपाल भ्रमण वर्ष २०२० को औपचारिक कार्यक्रमको शुरुवात गरिने बताएको छ।   

यसैबीच संघको १० औं महिला भेला समेत युरोप क्षेत्रीय भेला समेत सोही अवसरमा आयोजना गरिने छ। संघकी युरोप क्षेत्रीय महिला संयोजक संगित मरहट्टाका अनुसार भेलामा युरोपस्थित २० भन्दा बढी देशमा महिलाहरुको भेलामा सहभागिता रहने छ। 

भेलामा संघको महिला फोरमलाई संस्थागत गर्ने बिषय लगायत युरोप क्षेत्रमा नेपाली महिलाहरुले भोगेका समस्याहरुको बारेमा भेला केन्द्रीत हुने मरहट्टाले बताइन्।  

इटालीको रोमस्थित अरजाइफ प्यालेस होटलमा आयोजना हुने सो सम्मेलनको आवश्यक व्यवस्थापनको तयारी पुरा भैरहेको गैरआवासीय नेपाली संघ इटलीका महासचिव छविलाल कंडेलले जनाए। कंडेलले सम्मेलनमा भाग लिन आउने प्रतिनिधिहरुलाई तत्काल होटल बुकिङ गर्न आग्रह गरेका छन्। 

सम्मेलनमा मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकबाट समेत एनआरएन लगायत पत्रकार र कलाकार गरी करीब ५ सय जना प्रतिनिधि सहभागी हुनेछन्। 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad