धरान- इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।
उनीहरुलाई गएराति सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले आज जानकारी दिए। विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई आज जिल्ला अदालत इनरुवामा ७ दिनका लागि म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका–६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, सुनसरी गढी गाउँपालिका– ३ का ४२ वर्षीय रमेश चौधरी र ३९ वर्षीय जोगेन्द्र उराव रहेका छन्। दुहवी–१२ मा रहेको गङ्गा चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...
नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...
ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...
सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...
यसमा तपाईको मत