८ वैशाख २०८१ शनिबार
राजनीति

अझै सुल्झिएन बजेट विवाद, सातौं पटक पनि संसद स्थगित

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारको बजेटमाथि प्रतिपक्ष दलहरुको सहमति अझै पनि जुट्न सकेको छैन्। असार १ गते ल्याएको बजेटमा असहमति जनाएका प्रतिपक्ष दलहरुसँग लगातार छलफल भएपनि विवाद सुल्झन सकेको छैन्।

बुधबार बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित भएको छ। बजेटमाथि छलफल नै हुन नसकी बैठक स्थगित भएको यो सातौँ पटक हो। बुधबारको बैठक सुरु हुन अगावै प्रदेशसभा सचिवालयले सूचना टास गरेर स्थगित गरेको जानकारी गराएको थियो। प्रदेशसभाका सचिव रामसिंह धामीका अनुसार अर्को बैठक असार २१ गते शनिबारका दिन आह्वान गरिएको छ। असार १ गते बजेट पेश भएपछि बजेटमाथि छलफलका लागि असार ५ गते डाकिएको प्रदेशसभाको बैठक सोही दिनदेखि अवरुद्ध हुँदै आएको छ। बुधबार बजेटमाथि छलफल हुनै नपाई बैठक स्थगित भएको हो।  

अपारदर्शी र भ्रष्टाचारलाई बढावा दिने बजेट भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले विरोध गर्दै आइरहेका छन्। अपारदर्शी रुपमा योजनामा पैसा राखिएको र अर्थ विविधमा योजनाका नाम नराखेरै बजेट राखिएकोले त्यसलाई बे्रकडाउन गरेर मात्रै पारित गर्नुपर्छ भन्ने आफ्नो दलको अडान रहेको कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताएका छन्।

प्रकाशित: १८ असार २०७६ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App