४ वैशाख २०८१ मंगलबार
राजनीति

नेपाल–चीन पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

काठमाडाैं- नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी वाङ यीबीच आज वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको द्विपक्षीय भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो।

नेपाल र चीनको हितमा आधारित विद्यमान साझेदारीयुक्त सम्बन्धलाई उच्चस्तरीय भ्रमण आदानप्रदानका माध्यमबाट पारस्परिक लाभका खतिर थप प्रगाढ तुल्याउन दुवै राष्ट्रका परराष्ट्रमन्त्री सहमत हुनुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

नेपाल र चीनका अधिकारीबीच आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो। आजै मन्त्री ज्ञवालीले बेइजिङमा रहेका नेपाली विद्वत्वर्ग, प्राज्ञ तथा व्यावसायिक व्यक्तित्वहरूसँग उक्त दूतावासमा विदेशमा रहेका नेपालीको सीप र ज्ञान मातृभूमिको विकासका निम्ति उपयोग गर्ने तथा उनीहरूलाई त्यसमा आबद्ध गराउने सरकारको नीतिबारे जानकारी गराए।

उनले परराष्ट्र मन्त्रालयमा बौद्धिक ज्ञान केन्द्र स्थापना गरिएको जानकारी दिँदै राष्ट्र निर्माणको महान् अभियानमा सहभागी हुन चीनमा रहेका नेपालीलाई आग्रह पनि गरे।

आजै साँझ मन्त्री ज्ञवाली आफ्नो सम्मानमा नेपाली दूतावासले आयोजित स्वागत समारोहमा सहभागी भए। समारोहमा चीन सरकारका उच्च अधिरी, विद्वत्वर्ग र नेपाली नागरिकको उपस्थिति थियो। रासस

प्रकाशित: १८ असार २०७६ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App