coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा प्रहरी जवानको मृत्यु

कलैया-पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा आज बिहान भएको सडक दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प फुलगामा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान विनोदबाबु बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वा १ त ७७७७ नंको मोटरसाइकलमा सवार भएर वीरगन्जतर्फ जाँदै गर्दा विपरित दिशाबाट आउँदै गरेको ना १ त ६०३८ नंको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक सशस्त्र प्रहरी जवान बस्नेतको उपचारका क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेज, शिक्षण अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: १७ कार्तिक २०७३ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App