coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मुख्यमन्त्रीद्वारा म्यार्दीपुलको अवस्था अवलोकन

म्यार्दीखोलाको बेलिब्रिज बाढीले बगाएपछि सो स्थानको अवलोकन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत। तस्बिरः नागरिक

लमजुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ–मनाङ जोड्ने पुल बगाएको म्यार्दीखोला र बगेको पुलको अवस्थाको स्थलगत अवलोकन गरेका छन्। सीमावर्ती म्यार्दीखोलामा आएको बाढीले अघिल्लो आइतबार मोटरेबल पुल (बेलिब्रिज) बगाएपछि सो स्थानको अवलोकन गरेका हुन्।

हिमाली जिल्ला मनाङ जाने सवारी आवागमनमा निकै सहज बनाएको म्यार्दीपुल बगाएसँगै विशेष गरी माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ। यथाशीघ्र यातायात सेवा सञ्चालनको विकल्प खोज्न मुख्यमन्त्रीको स्थल अवलोकनले महŒवपूर्ण सहयोग पुग्नेमा मनाङवासी आशावादी छन्।

अवलोकनकै क्रममा मुख्यमन्त्री गुरुङले यातायात सेवा सुचारु गर्न तत्कालका लागि वैकल्पिक संरचना निर्माण गर्नेतर्फ पहल गर्ने बताए। मनाङ सडक संघीय सरकारको आफ्नै योजना भएकाले प्रदेशले तत्कालै गर्न सक्ने काम गर्ने र स्थायी संरचना निर्माणका लागि संघीय सरकारसँग समन्वय गर्ने उनको भनाइ छ।

अवलोकनकै लागि म्यार्दीखोला पुगेका प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले पनि यथाशीघ्र पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए। बेँसीसहरबाट ३५ किलोमिटर र चामेबाट ३० किलोमिटरको दूरीमा रहेको म्यार्दीखोलाको पुल बगाएपछि पैदल यात्रुका लागि अस्थायी काठेपुल निर्माण गरिएको छ। पुल अभावमा खोला बढेको बेला सवारीसाधन भेलबाटै जोखिम मोलेर तार्नुपर्ने बाध्यता पुनः दोहोरिएको यातायात व्यवसायीले दुखेसो गरेका छन्।

बेसीसहर–चामे सडकखण्डमा पर्ने म्यार्दीखोला, तिमाङखोला, तिमाङ छहरा, चामेखोलालगायतका सबै खोलानालामा पुल नहुँदा सवारी यात्रा निकै जोखिमपूर्ण छ।

प्रकाशित: १८ असार २०७६ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App