७ वैशाख २०८१ शुक्रबार
शिक्षा

कम छैनन् सरकारी स्कुल

भक्तपुर– सरकारी स्कुलहरु पनि कम छैन भने उदाहरण भक्तपुरको एउटा स्कुलले पनि दिएको छ। भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयले यस वर्षको एसईई परीक्षाको परीक्षाफलमा २ सय ४० जना विद्याथीहरुले एसईई दिएकामा ३.६ देखि ४.०० मा ४० जना विद्यार्थी, ३.२० देखि ३.५९ मा ४१ जना विद्यार्थी, २.८० देखि ३.१९ मा ७५ जना विद्यार्थी, २.४० देखि २.७९ मा ६४ जना, २.२० देखि २.३९ मा १२ जना र १.६० देखि २.१९ मा ८ जना विद्यार्थी जीपीए ल्याउन सफल भएर उदाहरण देखाइदिएका छन्।

बागीश्वरी माध्यामिक विद्यालयका सह–प्रध्यापक ज्ञानसागर प्रजापतिले पहिलाको तुलनामा यो वर्ष ३.६ जीपीए ल्याउनेको संख्या वृद्धि भएको बताए। उनले भने, ‘सामुदायिक विद्यालय पनि प्राइभेट विद्यालय भन्दा कम छैन। ३.६ भन्दा बढी जीपीए आउने विद्यार्थीहरुको संख्या बढेको छ।’ 

त्यसको साथसाथै सी ग्रड आउने विद्यार्थीको संख्या कम हुर्दै गएको उनी सुनाउँछन्। अघिल्लो वर्ष त सी ग्रेडमा शून्य रहेको उनले बताए। आउने सालमा सी प्लस र सी मा विद्यार्थीहरुको संख्या ० बनाउने योजना रहेको उनी बताउँछन्। विद्यार्थीहरुलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने उनी बताउँछन्। कमजोर विद्यार्थीहरुलाई उपचार शिक्षाको व्यवस्था गरेको उनी बताउँछन्। उनले भने, ‘अहिले हाम्रो स्कुलमा धेरै बोडिङ्ग स्कुलका विद्यार्थीहरुको भर्नाको चाप बढेको छ।’ यस्तै समुदायिक विद्यालयहरुले प्रगति गर्दै गएको खण्डमा प्राइभेट स्कुलमा नभई सामुदायिक विद्यालयमा विद्यार्थीहरु भर्ना हुन आउने उनको विश्वास रहेको छ।

सामुदायिक विद्यालय राम्रो बनाउनुमा प्राध्यापक तथा शिक्षकहरु धेरै भुमिका हुने उनी बताउँछन्। ‘जागिर त हो नि भनेर विद्यालय चलाउने प्राध्यापकहरुले स्कुल नै खाइदिन्छन्’, उनले भने। त्यसैले सामुदायिक विद्यालयलाई राम्रो बनाउने हो भने प्राध्यापक तथा शिक्षकहरु मेरिमेटि मेहनत गर्नुपर्ने उनको धारणा पोखे। अहिलेका अभिभावकहरुले विद्यालयको भवन होइन् गुणस्तरीय शिक्षा हेर्ने उनी बताउँछन्। 

बागीश्वरी माध्यामिक विद्यालयले २०७२ सालको एसईई परिक्षामा १९ जनाले ३.६ देखि ४.०० जीपीए ल्याएका थिए। त्यस्तै २०७३ सालमा २७ जना, २०७४ सालमा ३५ जना, २०७५ सालमा ४० जना विद्यार्थीहरुले ३.६ देखि ४.०० सम्म ल्याएको तथ्यांक रहेको छ।

भक्तपुर नगरपालिका नगर शिक्षा प्रमुख केपी कर्मचार्यले यो वर्ष भक्तपुर नगरभरीका जम्मा १३ वटा सामुदायिक विद्यालयले एसईई परिक्षा दिएको बताए। त्यसमा बागीश्वरी माध्यामिक विद्यालय, समाजसुधार माध्यामिक विद्यालय, सरस्वती विद्यागृह, आर्दश आजाद माध्यामिक विद्यालय, बासु माध्यामिक विद्यालय, शारदा माध्यामिक विद्यालय, विद्यार्थी निकेतन माध्यामिक विद्यालय, श्री पद्म माध्यामिक विद्यालय, जागृती माध्यामिक विद्यालय, शान्ति निकेतन माध्यामिक विद्यालय, तारा माध्यामिक विद्यालय, मेधा माध्यामिक विद्यालय र गणेश माध्यामिक विद्यालय थिए। यी सबै विद्यालयको तुलनामा सबैभन्दा बढी एसईई परिक्षा दिने विद्यालय बागेश्वरी रहेको उनी बताउँछन्। 

प्रकाशित: १८ असार २०७६ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App