coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध गतिविधि रोक्न ‘ज्वाइन्ट कमाण्ड सेन्टर’

रसुवा – रसुवागढी नाकामा अवैध क्रियाकलाप रोक्न लागि ‘ज्वाइन्ट कमाण्ड सेन्टर’को स्थापना गरिने भएको छ। बुधबार रसुवाको स्याफ्रुमा बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकमा सेन्टर स्थापना गर्ने सहमति भएको हो।

नाकामा हुन सक्ने मानव बेचविखन, सुन तस्करी, लागुऔषधको ओसारपसार न्यूनीकरणका लागि एक महिनाभित्र सेन्टर स्थापना गर्ने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

सेन्टरले नाकामा देखिएका समस्याको समाधान गर्ने, नाकामा हुनसक्ने अवैध गतिविधि नियन्त्रणका लागि सूचना सकलन गर्ने, दुई देशबीच समन्वय गर्ने तथा आ–आफ्नो निकायमा रिपोर्टिङ गर्ने कार्य गर्नेछन्। बाहिरी जिल्लाका चालक तथा सहचालकलाई चिनियाँ पक्षले उपलब्ध गराउँदै आएको अस्थायी अनुमति पत्रको व्यवस्थापन गर्ने चिनियाँ पक्षले जानकारी दिएको छ। यस्तो अनुमतिपत्र हालसम्म २२ जनाले पाइसकेका छन्।

समय सकिएपछि प्रत्येक पटक राहदानीमा छाप लगाउनुुपर्ने भएकाले यसका लागि १५ दिने पास उपलब्ध गराउनका लागि छलफल भएको अधिकारी भण्डारीले बताए। लामो समयदेखि चर्चामा रहेको एकदिने चीन प्रवेशाज्ञा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।

यसका लागि चिनियाँ पक्षले माथिल्लो निकायमा छलफल प्रक्रिया अघि बढाउनेछन्। त्यसै गरी नाका सञ्चालनमा आएसँगै महिलाहरू बेचबिखनमा पर्ने समस्यालाई मध्यनजर गर्दै दुवै देशले निगरानी बढाउने भएका छन्। यहाँबाट केरुङ जाने किशोरी बढ्दै गएको र त्यहाँ पु-याएर वेश्यावृत्तिमा लगाउने गरेको गुनासो आउने गरेको छ। साथै बैठकमा सुन तस्करी नियन्त्रणका लागि दुवै देशले चेकजाँच बढाउने निर्णय भएको उनको भनाइ छ।

 

प्रकाशित: १८ असार २०७६ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App