coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चार वर्षीया जबर्जस्ती गरेको आरोपमा पक्राउ

गौशाला-महोत्तरीको गौशाला नगरपालिका–२ मा ४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय रमेश भुजेल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए।

मङ्गलबार गौशाला–२ मै छिमेकीको ४ वर्षीया नाबालिका घर नजिकै खेलिरहेको अवस्थामा युवक भुजेलले उनलाई त्यही छेउमा रहेको उखुबारीमा लगी जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पोखरेलले बताए। पक्राउ गरिएका युवक भुजेललाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखी उनीमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: १७ कार्तिक २०७३ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App