८ वैशाख २०८१ शनिबार
समाज

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

मुगु – जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका–१, चिताइगाउँकी ३५ वर्षीया सुत्केरीको मृत्यु भएको छ । बच्चालाई जन्म दिइसकेपछि साल नझर्दा मुगुमकार्मारोङ–१ की ३५ वर्षीया पासङफुटिक तामाङको मृत्यु भएको हो । उनले असार १६ गते आफ्नै घरमा छोरालाई जन्म दिएकी थिइन् ।

साल नझर्दा अत्यधिक रक्तश्राव भएपछि मंगलबार घरमा नै मृत्यु स्थानीयले बताएका छन् । गाउँमा स्वास्थ्यकर्मी नहुँदा महिला स्वास्थ्य स्वयम्सेविकाले सुत्केरी गराउने गर्छन् । यस गाउँका लागि डोल्फु गाउँको स्वास्थ्यचौकीको कार्य क्षेत्र भए पनि एक दिन लाग्ने र स्वास्थ्यकर्मी पनि नभएकाले तत्काल उपचार गराउन अन्यत्र लिन नसकिएको स्थानीयवासी बताउँछन् ।

चिताइगाउँदेखि जिल्ला अस्पताल पुग्न दुई दिन र पायक पर्ने पुलु स्वास्थ्यचौकी पुग्न पाँच घण्टा लाग्ने भएकाले पनि चिताइगाउँका स्थानीयवासी न्यूनतम स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको मुगुमकार्मारोङ–१ का वडाध्यक्ष सोनामयाङजु तामाङले बताए । गाउँका सबै यार्सा टिप्न पाटन गएको, गाउँमा वृद्धवृद्धा मात्रै रहेको र मौसम पनि खराब रहेका कारण पाँच घण्टा नजिक पर्ने स्वास्थ्य संस्थामा लैजान नसकिएको उनले बताए ।

प्रकाशित: १८ असार २०७६ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App