८ वैशाख २०८१ शनिबार
भिडियो

अव्यवस्थित तारले कुरुप काठमाडौं (भिडियो)

काठमाडौं– एक पटक कल्पना गर्नुस् न! तपाईले सोचेको सहर कस्तो हुनुपर्ला ? ‘एकदम व्यवस्थीत, सफाचट, सवै अत्यावस्यक सामाग्रिको व्यवस्था भएको’, सामान्यतय हामीले सोच्ने सहरको कल्पना यस्तै हो। तर वास्ताविकता त्यसको थोरै पनि अनुभुत गर्न नसकिने अवस्था छ।

सफा र व्यवस्थीत महानगर सबैको चाहना भएता पनि घरिघरि सडकमा हिँड्दा खुट्टालाई अल्झाउने तारले हामीलाई विच्काउने गर्छन्।

राजधानीका पोल–पोलमा यत्रतत्र छरिएका तारहरुले सहरको रुप नै कुरुप बनाइदिएका छन्।

विद्युत, इन्टरनेट, केवुल तथा टेलिफोनका तारलाई व्यवस्थीत बनाउन नसक्दा मध्य सहरमा गुजल्टीएका तारले सुन्दरता मात्रै होइन, पैदलयात्रु समेत प्रभावित बन्ने गरेका छन्। तरहरु बेलैमा व्यवस्थापन नगर्दा सडकमा यत्रतत्र समेत देखिने गर्छन्, जसले यात्रु र सवारी साधनलाई समेत सास्ती भइरहेको देख्न सकिन्छ।

कतै पोलमा तारको ठूलो गुजुल्टो देख्न सकिन्छ भने कतै सडकको बीचमै लत्रिरहेको तार। विभिन्न समयमा राजधानीमा तारलाई जमिन मुनी विच्छ्याउने भनिए पनि त्यो दिन काठमाडौंवासीले अझै देख्न पाएका छैनन्।

यस्ता तारहरुले राजधानीलाई कुरुपमात्र बनाएका छैनन् कतिपय अवस्थामा दुर्घटनासम्म पु¥याएका छन्। आगजनी, सवारी दुर्घटना, तथा विद्युत चोरीका घटना यस्तै अव्यवस्थाले पनि हुने गरेका छन्।

अव्यवस्थीत तारलाई जमिनमुनी विच्छ्याउन नेपाल विद्युत प्राधिकरणले भारतीय केइआई कम्पनीलाई ठेक्का दिइसकेको छ। तर राजधानीमा सार्वसाधारण तारमा अड्किनु पर्ने नियती फेरिन सकेको छैन।

प्राधिकरणले रत्नपार्क र महाराजगन्जको वितरण प्रणालीलाई भूमिगत बनाउन केईआईलाई ठेक्का दिएको थियो। पोलमा मापदण्ड भन्दा धेरै तार टाँगिनु अर्को समस्या रहेको छ। एउटै पोलमा तारको ठूलो मुठ्ठो देखिनु कुनै नौलो कुरा हुन छोडेको छ।

प्रकाशित: १८ असार २०७६ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App