coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सम्बन्धविच्छेदको ५७७ मुद्दा दर्ता

 हेटौँडा-   यस वर्ष मकवानपुर जिल्ला अदालतमा १३५ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका छन्। चालू आर्थिक वर्षको भदौदेखि जेठ महीनासम्म सम्बन्धविच्छेदका लागि ५७७ वटा मुद्दा दायर भएकामा पुरुषको सङ्ख्या १३५ पुगेको उक्त अदालतले जनाएको हो।    
    
 अदालतका श्रेस्तेदार केशवकुमार कौशिकका अनुसार गत भदौ १ गतेदेखि जारी नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था गरेको थियो। प्राप्त विवरणअनुसार २०७४/२०७५ मा ४७५ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकामा हाल १६४ मुद्दा थप भएको हो।

यस वर्षको दर्तामध्ये १९४ वटा मुद्दा फछ्र्योट भइसकेको र अन्य प्रक्रियामा रहेको बताइएको छ। पारिवारिक कलह र भौतिकवादी चाहनाले सम्बन्धविच्छेदका घटना बढेको र यसबाट सामाजिक एवं पारिवारिक रुपमा नकारात्मक असर पारेको हेटौँडा–४ का बुद्धिजीवी रामप्रसाद आचार्य बताउँछन्। रासस

प्रकाशित: १८ असार २०७६ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App