पत्रकार सम्मेलनबाटै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

बुधबार, १८ असार २०७६, १४ : १२ पुष्पराज जोशी

कैलाली – अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटासहित तीनजनालाई प्रहरीले पत्रकार सम्मेलनस्थलबाटै पक्राउ गरेको छ। बुधबार बिहान ९ बजे आफ्नो धारणा राख्न उद्योग वाणिज्य संघको सभाहलमा राखिएको पत्रकार सम्मेलनस्थलबाटै अध्यक्ष देवकोटासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।

गोदावरी नगरपालिकाले असार १० आयोजना गरेको तेस्रो नगर सभाको उद्घाटन कार्यक्रममा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम बिथोल्ने प्रयास गरेको भन्दै नगरपालिकाले देवकोटासहितका ८ जनाविरुद्ध सार्वजनिक मुद्दा दायर गर्दै किटानी जाहेरी गरेको थियो। नगरपालिकाको किटानी जाहेरीपछि प्रहरीले उनीहरुको खोजी गरिरहेको थियो।

बुधबार बिहान पत्रकार सम्मेलनमार्फत् घटनाको बारेमा जानकारी गराउन थालेको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट डिएसपी ज्ञानबहादुर बिष्टको नेतृत्वमा गएको प्रहरीको टोलीले अध्यक्ष देवकोटासहित उद्योग वाणिज्य संघ सदस्य विपिनकुमार साउँद र दिनेश बिष्टलाई नियन्त्रणमा लिएको हो। उनले पत्रकार सम्मेलन कार्यक्रममा सहभागी भएका बेला तीनैजनालाई नियन्त्रणमा लिएको बताए।

पक्राउ परेका तीनैजना जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेको र कानुनी कारबाही अगाडि बढिरहेको प्रहरीले बताएको छ।  असार १० गते सम्पन्न गोदावरी नगरपालिकाको तेस्रो नगरसभाको उद्घाटन सत्रको कार्यक्रममा आफूहरुले पनि स्थानीय व्यापारीका समस्याहरु राख्न पाउनुपर्ने भन्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटासहितका व्यापारीले असहमति जनाएका थिए। नगरपालिकाले अध्यक्ष देवकोटासहित सचिव शंकर खड्का, सदस्य विपिनकुमार साउँद, सदस्य रविन्द्र खनाल, स्थानीय व्यापारी राजेन्द्र बोगटी, केशव नौन्याल, दिनेश बिष्ट र मोहन पाठकको नाममा जिल्ला प्रहरी कार्यालय कैलालीमा सार्वजनिक हितविरुद्धको मुद्दा दर्ता गरेको थियो। 

विरोधमा अत्तरिया बन्द
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहित तीनजना व्यापारी पक्राउको विरोधमा स्थानीय व्यापारीले बजार बन्द गराएका छन्। बुधबार दिउँसोबाट स्थानीय व्यापारीहरुले व्यापारीको हकहितका पक्षमा नगरपालिकाको नगरपरिषद्मा बोल्न नदिएपछि भएको असहमतिमा सार्वजनिक मुद्दा दायर गरिनु र आफ्ना धारणा राख्न उद्योग वाणिज्य संघको हलमा गरिएको पत्रकार सम्मेलनबाटै पक्राउ गरिनु गलत भएको भन्दै व्यापारीले बजार बन्द गरेर आन्दोलनमा उत्रिएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए। ‘आफ्ना धारणा राख्दै गर्दा प्रहरी पठाएर पक्राउ गरिनु वाक स्वतन्त्रताको विरुद्ध हो,’ उनले भने, ‘हामीले पत्रकारहरुलाई वास्तविकता जानकारी गराउँदागराउँदै बोल्नै नदिएर पत्रकार सम्मेलनमै आएर प्रहरीले पक्राउ गर्नु कहाँसम्मको जायज हो।’ झुटा मुद्दा लगाएर व्यापारीलाई फसाउन खोजेको भन्दै उनले भने, ‘झुटा मुद्दा खारेजी नहुन्जेलसम्म अत्तरियाका व्यापारीहरु स्वतःस्फूर्त लडिरहनेछौँ।’

उद्योग वाणिज्य संघका पदाधिकारीसहितका व्यापारीले पनि आफ्ना क्रियाकलापलाई सच्चाउँदै जानुपर्ने गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले बताएका छन्। उनले भने, ‘हामी यो विवादको सहजीकरणमा छौँ, तर व्यापारीहरुले पनि आफ्नो क्रियाकलापलाई सुधार्दै जानुपर्छ।’ आवेशमा आएर व्यापारीहरुले नगरपालिकाको नीति तथा कार्यक्रममै गुण्डागर्दी शैली अपनाएको भन्दै उनले खेद व्यक्त गरे।

‘बिना शर्त रिहा गर्नुपर्छ’
अत्तरिया उद्योग वाणिज्य संघ अध्यक्ष देवकोटासहितका व्यापारीलाई लगाइएको मुद्दा तत्कालै खारेज गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले बताएका छन्। गोदावरी नगरपालिकाले व्यापारीलाई करको दायरा बढाउँदै अत्याधिक कर असुल्ने गरेका कारण त्यसलाई सहजीकरण गर्नका लागि गएको व्यापारीको अध्यक्षलाई झुटा मुद्दा लगाई बोल्ने वातावरण नदिइनु गलत भएको बताउँदै अध्यक्ष बोगटीले भने, ‘लोकतन्त्रमा बोल्न पाउनुपर्ने अधिकार वञ्चित गर्दै नगरपालिकाले एकतर्फीरूपमा व्यापारीमाथि झुटा मुद्दा लगाएको छ, यो सरासर गलत हो।’

नगर परिषद्मा व्यापारीले करको मुद्दालाई लिएर गएका बेला उल्टै उनीहरुविरुद्ध मुद्दा लगाइनु नगरपालिकाको गलत कार्य भएको उनले बताए। अर्को कुरा व्यापारीले पत्रकार सम्मेलनमार्फत् आफ्ना धारणा राख्न खोज्दा सम्मेलनमै धारणा राख्नै नदिई पक्राउ गरिनु दुइतिहाई सरकारको दम्भ भएको उनले बताए। ‘आज बिहान पत्रकार सम्मेलनमै अध्यक्ष देवकोटालाई धारणा राख्न खोज्दा खोज्दै पक्राउ गरिएको छ,’ उनले भने, ‘यो वाक स्वतन्त्रताको बर्खिलाप पनि हो।’

निःशर्त झुटा मुद्दा तुरुन्त खारेजीसँगै रिहाइका लागि माग गरिएको उनले बताए। ‘हामीले माथि केन्द्रमा पनि नेपाल उद्योग वाणिज्य महासंघसम्म पनि छलफल गरिरहेका छौँ,’ उनले भने, ‘झुटा मुद्दा खारेजी गरी बिना शर्त रिहाइका लागि माग गरेका छौँ।’








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad