७ वैशाख २०८१ शुक्रबार
समाज

पाँचतले मन्दिरमा झण्डोत्तोलन

मन्दिरमा झण्डाेत्ताेलन गरिँदै । तस्बिरः नागरिक

भक्तपुर – भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरको गजुरमा बुधबार बुसाँरा (झण्डोत्तोलन) गरिएको छ। बर्सेनि असार शुक्ल प्रतिपदाको दिन बुसाँरा मनाइँदै आइएको छ।

यो भक्तपुरको तुछिमलाका अवालहरू राख्ने गरिन्छ। तुछिमला टोलसुधार समिति अध्यक्ष हरिशरण अवाल बुसाँराका लागि बर्सेनि २० जना अवालहरू पाँचतले मन्दिरमाथि जाने गरेको बताए। ‘ज्यान जोखिममा राखेर बर्सेनि २० जना बुसाँराका लागि जान्छन्,’ उनले भने, ‘यसका लागि मात्रै पनि हजारौं रुपैयाँ आवश्यक पर्छ।’ उनका अनुसार यो परम्परा चल्दा खटिएका स्थानीय बसेर भोज खानुपर्ने चलन छ। यसका लागि पनि खर्च लाग्ने उनले जनाए। 

सयौं वर्षदेखि चल्दै आएको यो चलन आर्थिक अभावमा लोप हुने अवस्था आएपछि स्थानीय चिन्तित हुन थालेका छन्। स्थानीयका अनुसार वर्षमा एकपटक झण्डोत्तोलनका लागि सरकारले चार हजार रुपैयाँ मात्रै दिँदैै आएको छ। आर्थिक अभावमा गत वर्ष पनि झण्डोत्तलन गरिएको थियो तर, गजुरसम्म नपुगी पहिलो तलामै झण्डा राखिएको थियो।

संस्कृतिविद् ओम धोभडेलले पाँच तले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा बुसाँरा मनाइँदै आएको बताए। भक्तपुरको पाँचतले मन्दिर नेपाल संवत् ८२२ मा स्थापना भएको उनी बताउँछन्। पाँचतले मन्दिरको छाना बनाउने काम सबै भक्तपुरको तुछिमलाका अवालहरूले बनाएको भन्ने धारणा छ। त्यसैकारण झन्डोत्तोलनको काम तुछिमलाका अवालहरूले गर्ने गरेको उनी सुनाउँछन्।

टौमढी टोलका भैरवनाथ एकदम डरलाग्दो, रिसाहा र घमण्डी, आफू नै ठूलो भन्ठान्ने भैरवनाथलाई शान्त गर्नका लागि भैरवनाथको अगाडि सिद्धिलक्ष्मीको स्थापना गरिएको भन्ने इतिहास छ। पाँचतले मन्दिरलाई अग्लो बनाउनुको कारण भैरवनाथभन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम हुन्छ भन्ने धारणाले बनाइएको उनी बताउँछन्।

प्रकाशित: १८ असार २०७६ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App