७ वैशाख २०८१ शुक्रबार
समाज

म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता

म्याग्दी – पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन्। मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ। विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका बेनपा–३ का वडा सदस्य गेमबहादुर घर्तीले बताए।रासस

प्रकाशित: १८ असार २०७६ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App