coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तान सीमामा दाेहाेराे फायरिङ जारी, ८ को मृत्यु,

नयाँदिल्ली– पाकिस्तानले विना पूर्व सूचना जम्मू–कश्मीरको सीमामा फाइरिङ गर्दा बितेको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। घटनामा २७ जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको छ। मर्नेहरुमा सर्वसाधारण रहेको भारतीय सञ्चार माध्यमहरुको दाबी छ।

सीज फाइरलाई उलंघन गर्दै पाकिस्तानले सीमा क्षेत्रका सांबा, अरनिया र नौशेरा गाउँमा गोली तथा मोर्टार प्रहार गरेको भारतीय पक्षको दाबी छ। घटनामा सांबा गाउँमा एक बच्चासहित ४ जनाको मृत्यु भएको जनाइएको छ। रजाैरी भन्ने स्थानमा पनि २ जनाकाे मृत्यु भएकाे जनाइएकाे छ। मर्ने मध्यकी महिला फायरिङ इलाकाकी गएकाेले उनकाे शव उनका घरमा लैजानसमेत नसकिएकाे जनाइएकाे छ। मर्नेहरु अन्यको पहिचान खुल्न नसकेको बताइएको छ।

नौशेरा गाउँमा मंगलबार बिहान साढे ५ देखि ७ बजेसम्म पाकिस्तानी पक्षबाट फायरिङ भएको जनाइएको छ।  सांबा इलाका अझै फायरिङ भइरहेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय सेनाले पनि पाकिस्तानी फायरिङकाे जवाफ दिइरहेकाे जनाएकाे छ।
 

प्रकाशित: १६ कार्तिक २०७३ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App