८ वैशाख २०८१ शनिबार
समाज

अछाममा बस दुर्घटना, १७ जना घाइते

अछाम - अछामको साफेबगर नगरपालिका वडा न २ को झकालेमा बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुतको ना ७ ख २५६४ नम्बरको बस बुधबार बिहान सडकबाट करिब २० मिटर तल खसेको हो।

दुर्घटनामा १७ जना घाइते भएको छन्। घाइते मध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धार गरी उपचारका लागि बयालपाटा अस्पताल लगिएको प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ असार २०७६ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App