७ वैशाख २०८१ शुक्रबार
खेल

अलराउन्ड प्रदर्शनको आशा,क्षमता सदुपयोगको अपेक्षा

चेस्टर ले स्ट्रिट – पछिल्ला तीन खेलमा इङ्ल्यान्डका बेन स्टोक्सले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै आइरहेका छन्। जारी विश्वकपमा चार अर्धशतक बनाएका स्टोक्सले पछिल्ला तीन खेलमा ७९ रनभन्दा माथिको स्कोर जोडेका छन्। अलराउन्डर स्टोक्स जारी विश्वकपमा धेरै रन बटुल्ने खेलाडीको सूचीमा नवौं स्थानमा रहँदा इङ्ल्यान्डका लागि भने दोस्रो सफल ब्याट्सम्यान साबित भइरहेका छन्। उनले यस विश्वकपमा ८ खेलबाट चार अर्धशतकको मद्दतबाट ६१.६६ को औसतमा ३ सय ७० रन बटुलेका छन्।

उनले पछिल्लो समयमा लय जारी राख्दा इङ्ल्यान्डले विश्वकपमा अपराजित टोली भारतलाई समेत पहिलो हारको स्वाद चखाएको थियो। उक्त खेलमा स्टोक्सले निकै आक्रामक शैलीमा ब्याटिङ गर्दै ७९ रनको महŒवपूर्ण इनिङ खेले। त्यस क्रममा उनले ५४ बल खेल्दा १ सय ४६ को औसतभन्दा माथिले रन बटुलेका थिए।

बलिङतर्पm भने उनी महँगा साबित भए। त्यसअघिका दुई खेल श्रीलंका र अस्ट्रेलियाविरुद्ध पनि स्टोक्सको ब्याट राम्रोसँग चलेका थियो। अस्ट्रेलियाविरुद्ध अलराउन्ड प्रदर्शन गरेका स्टोक्सले एक विकेट लिँदा ८९ रनको बलियो इनिङसमेत खेलेका थिए। श्रीलंकासँग स्टोक्सले ८२ रनको नटआउट इनिङ खेले तापनि इङ्ल्यान्डले सफलता प्राप्त गर्न सकेन।

यद्यपि, सर्वाधिक रन बटुल्ने क्रममा स्टोक्सले भने लगातार श्रीलंकाका बलरमाथि दबाब बनाए। अफगानिस्तानसँग भने २ रनमै आउट भएका स्टोक्स वेस्ट इन्डिजविरुद्ध १० रनमा नटआउट रहेका थिए। बंगलादेशसँगको खेलमा ब्याटिङ खासै राम्रो जम्न नसक्दा स्टोक्सले बलिङमा भने इङ्ल्यान्डको टोलीलाई बलियो साथ दिए। सो खेलमा उनले ६ ओभरमा १ मेडन राख्दा किफायती बलिङका साथ २३ रन मात्र खर्चिए। त्यस क्रममा उनले साकिब अल हसन, मोसाद्देक होसेन र मोहम्मद सैफुद्दिनलाई सिकार बनाउँदै तीन विकेट लिएका थिए। विश्वकपको पहिलो खेलमै स्टोक्सले सानदार प्रदर्शन गर्दै ब्याटिङ र बलिङ दुवैमा इङ्ल्यान्डको टोलीलाई साथ दिए।

सो खेलमा ८९ रन बनाएर आउट भएका स्टोक्सले बलिङतर्पm दुई विकेट लिएका थिए। जारी विश्वकपमा स्टोक्सले बलिङतर्पm ८ खेलबाट ६ विकेट लिएका छन्। हरेक खेलमा उनी इङ्ल्यान्डका लागि निकै आशा गरिएका खेलाडी हुन्। बुधबार इङ्ल्यान्डले अन्तिम चारमा स्थान बनाउने लक्ष्यसहित न्युजिल्यान्डविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। उक्त खेलमा पनि घरेलु टोलीले उनीबाट अलराउन्ड प्रदर्शनको आशा गरेको छ।

क्षमता सदुपयोगको अपेक्षा
– ट्रेन्ट बोल्ट न्युजिल्यान्डको टोलीका लागि हरेक खेलमा मुख्य बलरको रूपमा चिनिँदै आएका छन्। उनको तीव्र गतिको बलिङ सामना गर्नु हरेक ब्याट्सम्यानका लागि निकै कठिन हुनेछ। त्यसैले पनि होला, बोल्ट यस विश्वकपमा भारतका मोहम्मद सामीपश्चात् ह्याट्रिक गर्ने बलर बनिसकेका छन्। अस्ट्रेलियाविरुद्ध पछिल्लो खेलमा उनले उक्त सफलता प्राप्त गरेका थिए। उनकै प्रेरणाबाट अस्ट्रेलियालाई सस्तोमा समेटे पनि न्युजिल्यान्डले जित भने निकाल्न सकेन। यद्यपि, बोल्टका लागि त्यो दिन विशेष रह्यो।

उस्मान ख्वाजालाई आउट गर्दै ह्याट्रिकमा होमिएका बोल्ट त्यसपछि मिचेल स्टार्क र जेसन बेरेनडर्पmलाई शून्यमै पवेलियन बाटो देखाउँदै ह्याट्रिक पूरा गर्न सफल भए। १० ओभर बलिङ गरेका बोल्टले एक मेडन राख्दा चार विकेटसमेत लिएका थिए। यससँगै जारी विश्वकपमा ७ खेलबाट बोल्टले १३ विकेट लिए। उनी धेरै विकेट लिने सूचीमा छैटौं बलर हुन्। न्युजिल्यान्डका लागि पनि उनी दोस्र्रोमा सीमित छन्।

न्युजिल्यान्डका लकी फर्गुसनले १७ विकेट लिँदै बोल्टलाई पछाडि पारेका छन्। पछिल्ला ९ खेलको नतिजा हेर्ने हो भने पनि बोल्ट उत्कृष्ट फर्ममा रहेको प्रस्टै हुन्छ। उनले  ९ खेलमा ४.५४ को रनरेट रन खर्चिंदा १६ विकेट लिएका छन्। बोल्टले वेस्ट इन्डिजविरुद्ध  यस विश्वकप हालसम्म उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त खेलमा १० ओभर बलिङ गरेका बोल्टले एक मेडनसहित ३० रन मात्र खर्चिएर ४ विकेट लिएका थिए।

न्युजिल्यान्डले बुधबार विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्यका इङ्ल्यान्डविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। उक्त खेलमा पनि न्युजिल्यान्डले बोल्टबाट उत्कृष्ट बलिङको आशा राखेको छ। एकदिवसीय क्रिकेटमा दोस्रो वरीयताका बलर बोल्टको पनि आफ्नो स्वाभाविक लयलाई जारी राख्ने लक्ष्य हुनेछ। ८६ एकदिवसीय खेलमा १ सय ६० विकेट लिएका बोल्टले आफ्नो अनुभवी क्षमतालाई घरेलु टोलीविरुद्ध पूर्ण रूपमा लगाउनेछन्।

प्रकाशित: १८ असार २०७६ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App