coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नाम थप्न कार्यविधि सच्याउँदै

काठमाडौं - सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको सत्य तथ्य पत्ता लगाउन बनेका दुई आयोगका लागि पदाधिकारी सिफारिस गर्न बनेको आयोगले थप कार्यविधि बनाउने भएको छ। सिफारिस समितिलाई दिइएको कार्यविधि अपर्याप्त भएको जनाउँदै मानवअधिकार आयोगका सदस्य एवं पूर्वन्यायाधीश प्रकाश वस्तीलाई मस्यौदा बनाउने जिम्मेवारी दिइएको हो।

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अध्यक्ष, सदस्यका लागि पर्याप्त आवेदन नपरेका कारण थप कार्यविधि बनाउन लागिएको हो। नयाँ व्यक्ति थप्नका लागि कार्यविधि बनाउने जिम्मेवारी सिफारिस समितिका सदस्य वस्तीलाई दिइएको प्रवक्ता शर्मिला कार्कीले बताइन्। ‘थप मान्छे राख्न थप कार्यविधि आवश्यक परेकाले जिम्मा दिइएको र त्यसमा हामी सबैले काम गर्छौं’ उनले भनिन्। छुट्टै उपसमिति बनाएको भन्ने गलत भएको उनले बताइन्।

विशिष्ट अनुभव र योग्यता भएका व्यक्तिलाई समितिमा ल्याउनका लागि कार्यविधि बनाउने जिम्मा दिइएको हो। अब नयाँ कार्यविधिका आधारमा आवेदन दिएका बाहेकका व्यक्ति थपिनेछन्। समितिले मस्यौदा तयारीका लागि मात्रै जिम्मेवारी दिइएको उनले बताइन्। समितिका सदस्य वस्तीले बनाएको मस्यौदामाथि आगामी २७ मा बस्ने बैठकमा छलफल हुने बताइएको छ।

दुई आयोगको पदाधिकारीका लागि ५७ जनाले यस अघि नै आवेदन दिइसकेका छन्। आवेदन दिएबाहेकका व्यक्तिलाई सिफारिसका लागि कार्यविधि बनाउन लगाइएको हो। विशिष्ट, योग्यता भएका व्यक्तिलाई दुई आयोगमा सिफारिस गर्न कार्यविधि बनाउने जिम्मेवारी पाएको सदस्य वस्तीले बताए। ‘बनाएको मस्यौदामाथि असार २७ मा वैठक बसी छलफल हुनेछ,’ उनले भने, ‘मस्यौदा पास हुने नहुने भन्नेबारे वैठकमा छलफल भएपछि अन्तिम रूप दिइनेछ।’

आवेदन परेका व्यक्ति समितिले खोजेजस्तो र राजनीतिक दलले नचाहेको नदेखिएकाले थप्नका लागि प्रक्रियामा शुरु गरिएको देखिन्छ। कतिजना र को थप्ने भन्ने कार्यविधि बनेपछि निक्र्योल हुने बताइएको छ। सिफारिस समितिले आवेदन दिएका बाहेकका व्यक्तिको नाम सार्वजनिक गरी उजुरी आह्वान गर्नुपर्नेछ। उजुरी आह्वानपछि दुई आयोगमा समितिले योग्य व्यक्तिको नाम सरकारसमक्ष सिफारिस गर्ने व्यवस्था छ।

प्रकाशित: १८ असार २०७६ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App