coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चार लाख घुुससहित ईन्जिनियर पक्राउ

पक्राउ परेका ईन्जिनियर वसी अख्तर मोहम्मद मियाँ ।

स्याङ्जा– खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जामा कार्यरत ईन्जिनियर वसी अख्तर मोहम्मदमियाँ ४ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका–१ नारायणथानबाट घुस रकम सहित मियाँलाई पक्राउ गरेको हो।

बिरुवा गाउँपालिका–६ मा सञ्चालित छत्रेआप खानेपानी उपभोक्ता समितिको पदाधिकारीहरुसँग रकम लिदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले नागरिक न्यूजलाई जानकारी दिए। पक्राउ परेका मियाँलाई आवश्यक अनुुन्धानका लागि अख्तियारको टोलीले नियन्त्रणमा लिएका छन्। उनलाई प्रारम्भिक अनुसन्धान पाश्चात कास्की कारागारमा राखिने र भोलि (बुधबार) काठ्माडौं पठाउने अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले जनाए।

छत्रेआप खानेपानी उपभोक्ता समितिका अध्यक्ष केशबहादुर नेपालीले ईन्जिनियर मियाँले योजना सम्पन्न गर्न दुःख दिएको बताए। ‘वहाँको नियतमा पहिलैदेखि शंका लागेको थियो,’ उनले भने, ‘हामीलाई पटक–पटक दुःख दिने काम वहाँबाट भयो ।’ वडा नम्बर ६ का ५७ घर परिवारलाई खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले आयोजना सञ्चालनमा ल्याएको छ।

आर्थिक वर्ष २०७३/०७४ मा सर्बे गरिएको आयोजना यस आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको थियो। कुल २ करोड ६ लाख ११ हजार ८ सय रुपैयाको योजना सञ्चालनमा रहेकोमा यस आर्थिक वर्षमा २ लाख ३७ हजार विनियोजिन भएको थियो । योजना सम्पन्न गर्न पुनः २५ लाख रुपैयाँ थप गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय जनाएको छ।

रौतहट ईशानाथ नगरपालिका–९ स्थायी घर भएका ईन्जियर मियाँ विगत लामो समयदेखि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत थिए। नारायणथानमा स्थानीयको घरमा भाडामा बस्दै आएका थिए। उनलाई सोही घरबाट पक्राउ गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

 

प्रकाशित: १७ असार २०७६ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App