८ वैशाख २०८१ शनिबार
राजनीति

जिल्ला कमिटी चयनप्रति पत्रकार सम्मेलन गरेर नेकपा नेताले पोखे असन्तुष्टि

जिल्ला कमिटी सदस्य चयनप्रति असन्तुष्ट नेकपा पदाधिकारीहरु पत्रकार सम्मेलनमा। तस्विरः मिथिलेश/नागरिक

सिरहा– सत्तारुढ दल नेकपाले हालै गरेको जिल्ला कमिटी चयनप्रति नेकपाकै पदाधिकारीहरुले असन्तुष्टि जनाएका छन्। मंगलबार सिरहाको मिर्चैयामा पत्रकार सम्मेलन अयोजना गरि नेकपाका केन्द्रिय पदाधिकारी तथा जनप्रतिनिधिहरुले असन्तुष्टि पोखेका छन्।

असार ११ गत्ते प्रदेश २ कमिटीबाट सिरहा जिल्ला कमिटी चयन गरि नामावली सार्वजनिक गरेपछि असन्तुष्टि चुलिएको हो। प्रदेश २ कमिटीले सार्वजनिक गरेको नामावली केन्द्रिय सचिवालयको परिपत्र विगत एक वर्षदेखि भएको छलफलको निष्कर्ष र केन्द्रिय सदस्यहरुको परामर्शलाई बेवास्ता गरि सार्वजनिक भएको नेकपाका केन्द्रिय सदस्य एवं प्रदेश २ का सांसद जगत प्रसाद यादवले बताए।

प्रदेश कमिटीले एकलौटि ढंगबाट जिल्ला कमिटी सदस्यहरुको चयन गरेर जुझारु क्याडरहरुलाई पाखा लगाउने काम गरेको यादवको भनाइ छ। सक्रिय, इमान्दार, जनयुद्धका क्याडर, पुराना कार्यकर्ताहरुलाई किनारा गरेर आफन्त, नातागोताका व्यतिmलाई चयन गरिएकोप्रति उनले गम्भीर असन्तुष्टि पोखे।

यादवका अनुसार सिरहा जिल्ला कमिटी सदस्यमा तत्कालीन नेकपा एमालेबाट ७५ र  माओवादी केन्द्रबाट ७५ जना सदस्य चयन गर्ने समेत सहमति भएको थियो। सदस्यहरुको नाममासमेत सहमति भएको उनले बताए। तर, नामावली सार्वजनिक गर्दा सहमति भएका करिब ३० जनाको नाम हटाएर आफन्त, नातेदारहरुलाई समावेश गरेको उनको असन्तुष्टि छ।

नेकपा केन्द्रिय सदस्य महेन्द्र पासवानले भने, ‘यो जिल्ला कमिटीका अधिकांश सदस्यहरु नेताका नातेदार छन्, जसको पार्टीमा योगदान नै छैन्। नातागोताका व्यतिmलाई विशेष प्राथमिकता दिँदा क्रान्तिकारी इमान्दार क्याडरहरु पाखा लागेका छन्’ पासवानले भने, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा नै गम्भिर असर पुगेको छ।’

प्रदेश कमिटीको उतm निर्णयप्रति हामी घोर भत्र्सना गर्दछौं प्रदेश सांसद, केन्दिय सदस्य र जनप्रतिनिधिहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। प्रदेश कमिटीको उतm निर्णयलाई सच्याएर क्रान्तिकारी क्याडरहरुलाई समावेश गर्न प्रदेश सांसद यादवले पार्टी नेतृत्वसँग माग गरेका छन्। उनले भने, ‘सहमतिको आधारमा जिल्ला सदस्यहरुको छनौट गर्न पार्टी नेतृत्वसँग आग्रह गदर्छु।’ प्रदेश कमिटीले सार्वजनिक गरेको निर्णय कार्यान्वयन गर्न खोजे आफूहरुले प्रतिवाद र प्रतिरोध गर्न वाध्य हुने उनले बताए।

 

प्रकाशित: १७ असार २०७६ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App