coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हुरी पीडितको आवास निर्माणमा ढिलाई

बारा- हुरी पीडितको लागि निर्माण गर्न लागिएको घरको निर्माण कार्यमा ढिलाई हुँदै गएको छ। जेठ अन्तिम हप्ता सम्ममा चार सय ६३ घर निर्माण गर्ने दावी गरिए पनि असारको दोस्रो हप्ता बित्दा ५० वटा घर मात्रै तयारी गरिएको छ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएको हुरी पीडितको घर निर्माणमा ढिलाई हुँदा हुरी पीडितहरुलाई बर्षामा सास्ती खेप्नु परेको छ।

गएको चैत १७ गते आएको विनाशकारी हुरीबाट क्षति भएको घरहरुको बैशाख २१ गते पुननिर्माण सुरु गरिएको थियो।

‘हुरी पीडित परिवारलाई साउन अघि नै उपल्बध गराउन भनेर निर्माण शुरु गरिएको घरको निर्माण कार्यमा केही ढिलाई भएको छ,’ जनता आवास कार्यदलको नेतृत्व गरेका सेनाका सहायक रथी बिनय बिक्रम राणले भने, घरमा प्रयोग हुने निर्माण समाग्री आपुर्ती लगाएको कारणले सोचे अनुसार काम गरिएको छैन।’

एक महिना भित्रमा चार सय ६३ वटा घरहरुलाई निर्माण गर्ने लक्ष्य लिएर काम अगाडि  बढाइएकोमा घर निर्माणमा आवश्यक पर्ने समाग्रीको खरिद प्रक्रिया लम्बिएको र बाहिरबाट लिने भनिएको जनशक्ति लिन नसकिएकोले गर्दा सोचे अनुसार निर्माण कार्य गर्न नसकिएको राणको भनाई छ।

हुरी पीडितको लागि आठ सय ८५ वटा घरहरु पछिलो पटक निर्माण गर्ने निर्णय भए अनुसार अहिलेसम्म सात सय ७४ वटा घरहरुको जग खनी निर्माण कार्य अगाडि बढाईएको राणले दाबी गरे।

निर्माण शुरु गरिएका मध्ये पाँच सय ४४ घरहरुको पर्खाल जग भन्दा तीन फिट माथीसम्म आएको, ४५ वटाको छानो र वाइरिङ्ग गर्ने कार्य शुरु गरिएको , ५० वटा घरहरुको मात्रै छानो हाल्ने कार्य सम्पन्न गरिएको राणाले बताए।

बारा र पर्सामा गरि ५६ किलोमिटर दुरीमा हुरी पीडितको लागि घरहरु निर्माण भैरहेको र कतिपय स्थानमा निर्माण समाग्री सप्लाई गर्न सडकको अभाव रहेको उनले बताए।

हुरी पीडितको लागि निर्माण गर्न लागिएको घरमा दुई वटा कोठा एउटा बरण्डा र एउटा वाथरुम रहेको  राणले बताए।

सेनाले निर्माण गर्न जिम्मा पाएको एउटा घरको निर्माण कार्यमा मूल्य अभिबृद्धि कर सहित पाँच लाख ४५ हजार खर्च हुने बताइएको छ।

जग खन्ने बेलामा सेनाले राम्रोसँग काम गरेको र पछि बाहिरबाट मजदुर ल्याएर काम गराउँदा बाहिरका मजदुरले काम छोडेर गए पछि २० दिन देखि केही काम नगरिएको पुरैनियाका वाईदा खातुनले बताईन्।

प्रकाशित: १७ असार २०७६ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App