६ वैशाख २०८१ बिहीबार
राजनीति

मन्त्रिमण्डल परिवर्तन हुँदैनः मन्त्री खनाल

रुपन्देही – कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले तत्काल मन्त्रिमण्डल परिवर्तन नहुने बताएका छन्। उनले मन्त्रीहरू हेरफेर हुने भनेर अनावश्यक हल्ला फैलाइएको बताए।

बुटवलमा रिपोर्टर्स् क्लबले मंगलबार गरेको साक्षात्कारमा मन्त्री खनालले प्रधानमन्त्रीले चाहेमा मन्त्री फेर्न सक्ने भन्दै कामकै कारण हटाउनुपर्ने कुनै मन्त्री नरहेको जिकिर गरेका हुन्।

उनले तत्कालीन अवस्थामा दुई पार्टीबीच ‘पार्टी एकता पनि गराैं, सरकार आलोपालो पनि गरौं’ भनेको बताउँदै त्यो समय आइनसकेको बताए। पार्टी मिलाएर जानुको विकल्प नरहेको भन्दै उनले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने बताए। ‘पार्टी एकतापछि तीनवटा कुरा चर्चामा छन्,’ उनले भने, ‘वैचारिक एकता, सांगठनिक कुरा, सरकार र नेतृत्व आलोपालो।’

मन्त्री खनालले सरकारले राम्रा काम गरिरहेको दाबी गरे। सरकारले कामलाई योजनाबद्ध नै अघि बढाएका भन्दै उनले तर, भनेजस्तो परिणाम आउन नसकेको स्वीकार गरे।

सरकारले कृषिमा छुट्याएको २८ अर्ब बजेटमध्ये ९ अर्ब मलमा मात्रै भएको भन्दै उनले पुँजीगत् बजेट दुई अर्ब रहेको जानकारी दिए। कृषि मन्त्री खनालले खाद्य, प्लान्ट, पशु क्वारेन्टाइनको रिपोर्टपछि भन्सार हुनुपर्ने भन्दै नेपालमा भन्सारमा दलालको बिगबिगी रहेको स्वीकारे।

प्रकाशित: १७ असार २०७६ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App