१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारका कामकारबाही अलोकप्रियः नेता नेपाल

फाइल तस्बिर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारबाही अलोकप्रिय बन्दै गएको बताएका छन्।

पूर्व सांसद मञ्च नेपालको १९ औं साधारण सभालाई मंगलबार काठमाडांैमा सम्बोधन गर्दै उनले पूर्वाधारबिनाका योजना घोषणा, मनपरी नियुक्ति, अवकासलगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताएका हुन्।

न्यूनतम पूर्वाधारबिनानै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या सिर्जना भएको उनले टिप्पणी गरे। ‘व्यवहारमा पुष्टि नहुने सिद्धान्त सही सिद्धान्त होइन,’ उनले भने, ‘परिवर्तनको आवश्यकता छ।’

उनले नेतृत्वले सधैँ विचारमा रहेको विविधतालाई सकारात्मकरूपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुन सक्नुपर्ने बताए। नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरूको सन्दर्भमा उनले आफ्नो मुलुकका लागि हुने लाभ हानिको विश्लेषण गरी निर्णय गर्नुपर्ने धारणा राखे।

केही विशेष अवस्था र विषयले नेपालको राष्ट्रियता बेलाबखतमा संवेदनशील भएको हुनाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी निर्णय गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १७ असार २०७६ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App