१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अब अनुहारबाटै पत्ता लाग्नेछ अपराधीले सही बोल्यो कि गलत !

काठमाडौं - सामान्य सोधपुछमा अपराधीले साचाे बोल्छन् वा बोल्दैनन् अब अनुहार हेरेरै पत्ता लाग्ने भएको छ। लन्डनको स्टार्टअप फेससफ्टले 'आर्टिफिसियल इन्टेलीजेन्स सिस्टम' तयार पारेको छ।

जुन सिस्टमले अपराधीको अनुहार नै स्क्यान गरेर साचो वा झुट बोलेको पत्ता लगाउने छ। यसको ट्रायल छिट्टै बिट्रेन र भारतको मुम्बई प्रहरीले परिक्षण गर्नेछ। एआई सिस्टममा ३० करोडभन्दा बढि अनुहारका भाव शामिल गरेको छ।
अपराधीको अनुहारमा आउने अस्वभाविक भाव रेकर्ड हुने

मानिसको दिमागमा के चलिरहेको छ त्यसको प्रतिबिम्ब अनुहारमा देखिन्छ। मनोवैज्ञानिकहरुले सन १९६० मै पहिलो पटक यस्तो तथ्य पत्ता लगाएका थिए। उनीहरुले यसलाई आत्महत्या गर्ने कोशिस गरेका केही व्यक्तिमा परीक्षण गरेका थिए।

यदी कुनै व्यक्ति जबरजस्ती हास्यो भने त्यसको भाव आँखामा देखिदैन। यो एक प्रकारको माइक्रो एस्प्रेसन हो। सोही अनुरुप अपराधीको अनुहारमा देखिने भावलाई सिस्टमले रेकर्ड गर्नेछ।

प्रकाशित: १७ असार २०७६ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App