coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिनामंगलमा हाइस र माइक्रो ठोक्कियाे, १६ जना घाइते

काठमाडौँ – काठमाडौँको सिनामंगलमा हाइस र माइक्रो ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा परी दुवै सवारी साधनको चालकसहित १६ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ।

महानगरीय प्रहरी वृत गौशालका डीएसपी प्रदिप सिंहका अनुसार बा ४ पा ५१०० नम्बरको हाइस र बा १ ज ९७७६ माइक्रो एकआपसमा ठोक्किएको हाे। उनले भने, ‘दुवै सवारीसधान तिब्र गतिमा रहेकोले दुर्घटना भएको हो।’

उनका अनुसार घाइतेहरुको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सिनामंगल सूचना विभाग अगाडि यो दुर्घटना भएको हो ।

प्रकाशित: १७ असार २०७६ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App