८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतको पश्चिम बंगालका चिया उद्योग संकटमा

सिलिगुडी – भारतको उत्तरी बंगाल क्षेत्रमा चिया खेतीमा आर्थिक संकट देखापरेको छ। भारतमै चियाको मूल्यमा गिरावट आएपछि चिया बगानमा संकट देखिएको हो। भारतमा कूल उत्पादित चियामध्ये उत्तरी बंगाल क्षेत्रले करिब ३५ प्रतिशत हिस्सा ओगटेको छ। अहिले उत्पादन लागतभन्दा सस्तो मूल्यमा चिया बेच्नु परेको यहाँका उद्योगले जनाएका छन्।

चिया बगानमा कार्यरत एक जना व्यवस्थापक प्रेमकुमार शर्माले चियाको मूल्य प्रतिकेजी भारु २० मा आइपुगेको छ, यसको प्रमुख कारण नै माग र आपूर्तिको असन्तुलन हो भन्दै हाल मागभन्दा आपूर्ति बढी रहेको बताए। उनले सरकारले तत्कालै चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताए।

भारतीय टी एसोसिएसनका सचिव सुमित घोषले पनि यस्तै धारणा राखेका छन्। सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ‘चियाको उत्पादन लागत बिक्री मूल्यभन्दा बढी भइसकेको छ। उत्तरी बंगाल क्षेत्रमा करिब पाँच लाख मजदूर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चियामा आश्रित छन्। भारतीय चिया बोर्डले यस समस्याको समाधानका लागि तत्कालै चियाको न्यूनतम मूल्य तोक्नुको कुनै विकल्प बाँकी छैन।’

सन् २००३ मा भारतमा करिब ८७ करोड ८० लाख केजी चिया उत्पादन भएको थियो। तर सन् २०१८ मा चिया उत्पादनमा व्यापक वृद्धि भई एक अर्ब ३३ करोड ८० लाख केजी पुगिसकेको छ। करिब ५२ प्रतिशतले चिया उत्पादन बढेकै कारण बजारमा चियाको मूल्य घट्न थालेको घोषले बताए।

प्रकाशित: १७ असार २०७६ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App