सशस्त्रका चार पूर्वआइजिपीलाई विशेषको सफाइ

मङ्गलबार, १७ असार २०७६, ०६ : ४२ भाषा शर्मा  | @sb_language

काठमाडौं - भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मुद्दा चलाइएका सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आइजिपी) लाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले चार पूर्वआइजिपीसहित २२ जनालाई सोमबार सफाइ दिएको हो।

करिब १७ करोड रुपैयाँ माग दाबीसहित दर्ता गरिएको मुद्दामा सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षकहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, सनतकुमार बस्नेत र वासुदेव ओलीसहित २२ जनालाई एकैपटक सफाइ दिएको विशेषका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए। अख्तियारले पूर्वमहानिरीक्षक कोषराजलाई ६ करोड, शैलेन्द्रकुमारलाई ८० लाख, वासुदेवलाई एक करोड र सनतकुमारलाई नौ करोड रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।

अख्तियारले २०७२ माघ १८ देखि फागुन ११ सम्ममा विशेषमा चारजना आइजिपीसमेत २२ जनाविरुद्ध छुट्टाछुट्टै चारवटा मुद्दा दर्ता गरेको थियो। अख्तियारले सशस्त्र प्रहरीमा झुटा बिलभर्पाई बनाई सरकारी रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो। सशस्त्र प्रहरी कर्मचारीका लागि बन्दोबस्तीका सामान ढुवानीमा अनियमितता भएको अख्तियारको आरोप थियो।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले चार पूर्वआइजिपीसहित २२ जनालाई सफाइ दिएको छ।

 २०७२ सालमा सशस्त्र प्रहरी महानिरीक्षकमा कायम रहेकै बेला मुद्दा दर्ता भएको थियो। त्यसपछि उनी पदबाट निलम्बित भएका थिए। मुद्दा दर्ता हुँदा श्रेष्ठ, ओली र बस्नेतले भने अवकाश पाइसकेका थिए।

भ्रष्टाचार अभियोगमा डिआईजी अरबिन्द धिताल, भण्डार शाखामा कार्यरत डिएसपी रामचन्द्र श्रेष्ठ, लेखा शाखाका निरीक्षक तकमान महरा र ठेकेदार भरतकुमार थापाविरुद्ध पनि मुद्दा दर्ता भएको थियो। अनुसन्धानका क्रममा अख्तियारले पूर्वमहानिरीक्षक श्रेष्ठलाई एक करोड धरौटी जमानतमा रिहा गरेको थियो। उनी २०५७ सालमा सशस्त्र प्रहरी गठनसँगै नेपाली सेनाबाट स्थानान्तरण भएका थिए।






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad