coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कांग्रेसका दुई विधानसभा सदस्यद्धारा राजीनामा

कर्नाटक- भारतको कर्नाटक राज्यका दुई जना विधान सभा सदस्यले सोमबार राजीनामा दिएका छन्। कांग्रेसको तर्फबाट विधान सभा सदस्य भएका दुई जनाले राज्य गभर्नर र प्रदेश सभाका सभामुखलाई राजिनामा बुझाएका हुन्।

विजयनगरबाट विधान सभा सदस्य बनेका आनन्द सिंहले सवैभन्दा पहिले गभर्नर भाजुबी भालालाई राजीनामा दिएका थिए भने त्यसको प्रतिलिपि सभामुख रमेश कुमारलाई बुझाएका थिए।

सिंहले राजीनामा दिएको केही घण्टापछि गोकाकबाट विधान सभा सदस्य भएका रमेश जार्कीहोलीले पनि विधान सभा सदस्यबाट राजीनामा दिएका छन्। जार्कीहोली मन्त्री बन्न नपाएपछि केही समयदेखि निराश बनेका थिए।

राजीनामा बुझाएपछि सिंहले पत्रकारहरुसँग भने, 'मैले गभर्नरलाई भेटेर राजिनामा दिएको छु, त्यसको प्रतिलिपी सभामुखलाई बुझाएको छु, मलाई शक्तिमा बसिरहने रहर नभएकाले राजीनामा दिएको हुँ।' एएनआई

प्रकाशित: १६ असार २०७६ १५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App