७ वैशाख २०८१ शुक्रबार
समाज

सिमेन्ट बोकेको ट्रक दुर्घटना

नवलपरासी- नवलपरासीबाट सिमेन्ट लिएर दमौलीतर्फ आउँदै गरेको ना५ख १३७ नंको ट्रक आज साँझ तनहुँको घाँसी कुवामा दुर्घटना भएको छ। दुर्घटनामा परी व्यास नगरपालिका–१२ निवासी १७ वर्षीय अर्जुन थापा र सोही ट्रकका सहचालक प्यूठान जिल्ला शर्मारानी गाउँपालिका–३ निवासी २० वर्षीय मुमबहादुर थापा सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पैदलयात्री तनहुँको व्यासनगरपालिका–१२ घाँसीकुवा निवासी अर्जुन थापालाई ट्रकले एक्कासि ठक्कर दिएपछि अनियन्त्रित भई पृथ्वी राजमार्ग सडकबाट करीब २५ मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी सख्त घाइते भएका दुवै जनाको दमौली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। रासस

प्रकाशित: १६ असार २०७६ १५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App