coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘बार्सिलोनाविरुद्धको खेल सिटीका लागी फाइनल सरह’

बार्सिलोना– म्यानचेस्टर सिटका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले मंगलबार राति बार्सिलोनाविरुद्ध हुने खेल आफ्नो टोलीका लागि फाइनल सरह भएको बताएका छन्। च्याम्यिन्स लिग अन्तर्गत मंगलबार राती आफ्नो घरेलु मैदानमा हुने दोस्रो लेग अन्तर्गतको खेलअघि ग्वार्डिओलाले यस्तो प्रतिक्रिया दिएका हुन्।

ग्वार्डिओलाले भने ‘बार्सिलोनाविरुद्धको खेल सिटीको लागि फाइनल सरह हो। हामीसँग यस प्रतियोगीतामा रहिरहन र अघिल्लो चरणमा प्रवेशका लागि पनि बार्सिलोनाविरुद्धको खेल राम्रो अन्तरमा जित्नुको विकल्प छैन।’

उनले आफूले सधैँ मैदानमा खेल जितिन्छ भन्ने भावनाका साथ आफ्नो टोलीलाई उतार्ने गरेको बताए। ‘हामीले यस खेलमा जितको विकल्प देखेका छैनौं तर यदि यस खेलमा हामीले जित हात पार्न नसकेमा हामीले समुहका अन्य टोली सेल्टिक र मोचेनग्लाडबाचविरुद्ध आगमी केही हप्तामा हुने खेल जित्नका लागि केन्द्रित हुने छौं।’

यता पहुना टोली बार्सिलोना भने पहिलो लेगमा घरेलु मैदानमा पाएको सानदार जित पश्चात आत्मविश्वासका साथ मैदान उत्रनेछ। पहिलो लेगमा बार्सिलोनाले म्यानचेस्टर सिटीमाथि ४–० को सानदार जित हात पारेको थियो।
 

प्रकाशित: १६ कार्तिक २०७३ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App