६ वैशाख २०८१ बिहीबार
राजनीति

गृह मन्त्रालयको छानविन टोलीले तथ्य फेला पार्न सकेन

सर्लाही– प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका जनकपुर ब्यूरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनामा छानविन गर्न सर्लाही आएको टोली रितो हात काठमाडौं फर्किएको छ।

संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयलाई घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि तीन दिनअघि सर्लाही आएको टोली काठमाडौं फर्किसकेको छ। लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, वडा नं. १ का वडाध्यक्ष पञ्चलाल स्याङ्गबो तथा घटनास्थल आसपासका बासिन्दासँग कुरा गरेर फर्किएको छानविन टोलीका संयोजक गृह मन्त्रालयका उपसचिव दिपक नेपालले नागरिकन्यूजलाई बताए। 

‘सम्बन्धित नगरपालिकाका मेयर साब, वडा अध्यक्षज्यू लगायतसँग भेट्यौं अनि घटनास्थल पनि हे¥यौं, आसपासका बासिन्दासँग कुरा गर्दा गोली पड्केको आवाज कसैले सुनेनौं भन्नुभयो’, नेपालले भने, ‘विभिन्न राजनैतिक दलका नेतासँग समेत भेट ग¥यौं।’ तर सबैजनाले घटनाको बारेमा केही थाहा नभएको बताएको नेपालले जानकारी दिए। ‘मृतक पौडेल सहित ४ जनाको समूहमा रहेको भनिएकाले भाग्न सफल ३ जनासँग भेटन पाए केही कुरा आउँथ्यो होला’, नेपालले भने, ‘घटनाबारे नजिकबाट बुभ्mने र देख्ने त अरु कोही पनि हुनुहुँदो रहेनछ।’ घटनाबारे नजिकबाट बुझ्ने कोही भए अभैm पनि गृह मन्त्रालयको इमेलमा जानकारी पठाउन सकिने नेपालको भनाई छ। 

गत विहीबार दिउँसो २ बजे सर्लाहीकै लालबन्दी नगरपालिका–१ लखन्देही खोलादेखि पूर्व र चन्द्रपुर जंगल पश्चिम सडकमै प्रहरीको गोली लागेर ४७ वर्षीय पौडेलको मृत्यु भएको हो। पौडेल सहित विप्लवका कार्यकर्ता दक्षिणबाट उत्तरतर्फ गईरहेको भन्ने विशेष सुराकीका अधारमा पिछा गर्दै गएको प्रहरी गस्ती टोलीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको र जवाफी कारबाहीमा पौडेल मारिएको जिल्ला प्रहरी कार्यालयले दाबी गर्दै आएको छ। यता विप्लव समूहले भने नियन्त्रणमा लिएर कायरतापूर्वक आप्mना नेता पौडेलको हत्या गरिएको आरोप लगाउँदै आएको छ। त्यस्तै आफन्तले समेत प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाउँदै आएका छन्।

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीकै सांसद्ले पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको भन्दै विरोध गरेपछि सुशासन समितिको बैठकले गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सवेन्द्र खनाललाई बोलाएर छानविन प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो। छानविन टोली सुटुक्कै एक÷दुई जनालाई मात्र भेटेर फर्किएको भन्दै जिल्लास्थित मानवअधिकारकर्मी, विभिन्न दलका नेता, नागरिक समाजका अगूवाहरुले भने असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित: १६ असार २०७६ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App