८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

काबुलमा शक्तिशाली विष्फोट, कम्तीमा ३४ जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिवान आतंककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।

सुरुमा आतंककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ। आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति नदिएको समाचारमा जनाइएको छ।

आक्रमण र यसपछिको अवस्थाको प्रहरी हालसम्म तालिवान समूहले केही टिप्पणी गरेको छैन। यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन। घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको संख्या बढ्न सक्ने पनि आशंका गरिएको छ। रासस

प्रकाशित: १६ असार २०७६ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App