coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

४३ वर्षपछि मृत्युदण्ड दिने अधिकारी नियुक्त

कोलम्बो- श्रीलङ्काले ४३ वर्षपछि मृत्युदण्ड दिने अधिकारी नियुक्त गरेको छ। गत असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले लागूऔषध अपराधमा जेल सजायँ भोगिरहेका चार जनालाई मृत्युदण्डको सजायँ कार्यान्वयन गर्नका लागि अधिकारपत्रमा हस्ताक्षर गरेका थिए। श्रीलङ्कामा सन् १९७६ मा मृत्युदण्ड दिन रोकिएको थियो।

केहीअघि श्रीलङ्काले सार्वजनिक विज्ञापन आह्वान गरी सफाया गर्ने व्यक्तिको लागि आवेदन माग गरेको थियो। दुई जनाको लागि खोलीएको विज्ञापनमा १ सय भन्दा बढीको आवेदन परेको जनाइएको छ। १८ देखि ४५ वर्षसम्मका वलियो मानसिक अवस्था भएकाले यो पदमा आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

लागूऔषधको ओसारपसारलाई नियन्त्रणमा लिन यस्तो कमद चालेको श्रीलंकाका अधिकारीहरुले बताएका छन्।

श्रीलंका सरकारको यो कदमविरुद्ध विभिन्न देश र मानवधिकारवादी संघ संस्थाहरुले विरोध जनाएका छन्। बेलायत, फ्रान्स, नर्वे तथा युरोपेली सङ्घले यो कदमको विरोध गरेका छन्।

एमनेस्टी इन्टरनेसनलले पनि यो कदम पासविक भएको बताएको छ। एमनेस्टी इन्टरनेसनल नेपालले यो कदमको विरोध गर्दै मंगलबार बिहान ९ बजे देखि १० बजेसम्म नेपाल स्थित श्रीलङ्काली राजदूतावास अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जनाएको छ।

 

प्रकाशित: १६ असार २०७६ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App